पोखरा । अलकापुर आमा समुह र नेपाल रेडक्रस सोसाइटी उपशाखा १५ को संयुक्त आयोजनामा शनिबार पोखरा–१५, अलकापुर, नयाँगाउँ स्थित शुक्लेश्वर महादेव मन्दिर प्राङ्गण भएको खुल्ला रक्तदान कार्यक्रममा २२ महिला तथा २६ पुरुष गरी ४८ जनाले रक्तदान गरेका थिए ।
कार्यक्रममा वडा नं. १५ का वडा अध्यक्ष तोरण बहादुर बानियाँ र नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सभापति दण्डराज शर्माले पहिलो रक्तदातासुर्यराज पराजुलीलाई व्लड ब्याग हस्तान्तरण गरेर उद्घाटन गर्दै रक्तदान जिवन दान भन्ने उद्धघोषलाई रक्तदान कार्यक्रम आयोजना गरेर साकार पार्ने कार्य गर्ने संस्थाहरुलाई आभार व्यक्त गर्दै सबैलाई यस प्रकारको पुण्यकार्यमा सहभागिहुन आग्रह गरेका थिए ।
पोखरा १५ निवर्तमान वडाअध्यक्ष प्रकाश पौडेल, जिल्ला सदस्य तथा उपशाखा पोखरा १५का समन्वयकर्तासुवास अधिकारी, जिल्ला सदस्य पार्वती कार्की,निवर्तमान सभापति कमलप्रसाद पौडेल, अलकापुर टोलविकास संस्थाका अध्यक्ष वेलबहादुर विश्वकर्मा, स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्ण रानाभाटले रक्तदाताहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।
नेपाल रेडक्रस सोसाइटी पोखरा १५ उपशाखाका सभापति शिवबहादुर भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कार्यक्रम संयोजक अलकापुर आमा समुहकी अध्यक्ष गिता शर्माले स्वागत र संचालन अलकापुर आमा समुहकी सचिव सुनिता शर्मा कँडेलले गरेकी थिइन् ।
सम्बन्धित खबर
दुई प्रदेश जोड्ने राम्दी पुल निर्माण अन्तिम चरणमा
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी