पोखरा । पोखराको नागढुंगामा रहेको चरक मेमोरियल हस्पिटलले विविध कार्यक्रम गरी १२ औं वार्षिकोत्सव मनाएको छ ।
वार्षिकोत्सवको अवसरमा हस्पिटलले मुटुको निःशुल्क जाँच र रक्तदान कार्यक्रम आयोजना गरेको हो । रक्तदान कार्यक्रममा ४३ जनाले रक्तदान गरेको अस्पतालले जनाएको छ । यस्तै, २ सय ४१ जनाले निःशुल्क मुटु जाँच गराए ।
गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले हर्ट सर्जरी गरेका जगन्नाथ तिमिल्सेनालाई ओपिडी कार्ड हस्तान्तरण गरेर उद्घाटन गरेका हुन् ।
उनले पोखरामा चरक अस्पतालले गुणस्तरीय सेवा दिइरहेको बताउँदै अझ प्रगति र स्तरीय सेवा दिन सकोस् भन्ने वार्षिकोत्सवमा शुभकामना व्यक्त गरे ।
मुटु जाँच शिविरमा मनमोहन कार्डियो भास्कुलर सेन्टर काठमाडौंका मुटुरोग विशेषज्ञद्वय डाक्टर अनील भट्टराई, डाक्टर सूर्य देवकोटा र डाक्टर साहेवकुमार जैसवाल, डाक्टर अभिनव प्रधानले निःशुल्क रुपमा मुटु सम्बन्धी परामर्श दिएको अस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेलले जानकारी दिए ।
उनका अनुसार ‘म जाँच्छु मेरो मुटु’ भन्ने नाराका साथ आयोजित शिविरमा ओपिडी र इसिजी सेवा निशुल्क थियो भने ल्याब जाँचमा ३० प्रतिशत र मुटुको भिडियो एक्सरेमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको पोखरेलले बताए ।
चरक मेमोरियल हस्पिटलका अध्यक्ष रामचन्द्र रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका सांसद प्रकाश बराल, पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, लायन्स क्लब अफ पोखरा माछापुच्छ्रेका अध्यक्ष इन्जिनियर बुद्धिराज अधिकारी, डाक्टर अनिल भट्टराई र डाक्टर सूर्य देवकोटा, अस्पतालका प्रमुख कार्यकारी अधिकृत कमलराज ढकाल लगायतले चरक हस्पिटल र पोखराको स्वास्थ्य क्षेत्रको बारेमा बोलेका थिए ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ