पोखरा । शुक्ला साहित्य प्रतिष्ठान, पोखराले पत्रकार सहित सहयोगीलाई सम्मान गरेको छ ।
प्रतिष्ठानले आयोजना गरेको समिक्षा तथा रचना वाचन कार्यक्रममा प्रतिष्ठानको उन्नयन र विकासमा योगदान पुर्याएकोमा पत्रकार शिशिर पौडेल, सराङ्गकोट साप्ताहिकका सम्पादक यदुनाथ बञ्जरा, परिवर्तन न्युजका सम्पादक प्रकाश अधिकारी, प्रमुख खबर डट कमका सह सम्पादक संजय थापा र रेडियो अकलाका स्टेशन म्यानेजर विराज शर्मा सहित पुर्व अध्यक्ष कुल बहादुर खत्री र मानार्थ सदस्य मदन बहादुर खत्री क्षत्रीलाई सम्मान गरेको हो । उनीहरुलाई प्रतिष्ठानका अध्यक्ष हरिबहादुर बरुवाल, संरक्षक प्राध्यापक कुञ्जराज थापा र साहित्यकार नरहरि भट्टराईले सम्मान गरे । कार्यक्रममा प्रतिष्ठानले गत वर्ष आयोजना गरेको २४ औं संस्करणको राष्ट्रिय कृष्ण भजन प्रतियोगिताको आय व्यय समेत सार्वजनिक गर्यो । उक्त प्रतियोगितावाट ६ लाख बढी रकम वचत भएको सचिव दिपेन्द्र बाँनियाले जानकारी दिए।
प्रतिष्ठानका अध्यक्ष हरिबहादुर बरुवालको अध्यक्षतामा भएको कार्यक्रममा संरक्षक प्राध्यापक कुञ्जराज थापा, सल्लाहकार शिव त्रिपाठी, पोखरा १९ का वडा सदस्य विकासकुमार आचार्य, पत्रकार महासंघ गण्डकीका सचिव यदुनाथ बञ्जरा लगायतले नेपाली भाषा, साहित्य र कलाको उत्थानमा प्रतिष्ठानले पुर्याएको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा संरक्षक प्राध्यापक कुञ्जराज थापा, सल्लाहकार शिव त्रिपाठी, पूर्व अध्यक्ष नेत्र बहादुर बाँनिया, कुल बहादुर खत्री, सुमन पौडेल, बरिष्ठ उपाध्यक्ष दुर्गादेवी गौतम बस्नेत,कवि रामप्रसाद घर्मेली, सचिव दिपेन्द्र बाँनिया, मोहन सुनार लगायतले रचना वाचन समेत गरेका थिए।
वरिष्ठ उपाध्यक्ष दुर्गादेवी गौतम बस्नेतले स्वागत गर्नुभएको कार्यक्रमको संचालन सचिव दिपेन्द्र बाँनियाले गरेका थिए।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’