कवि त्रिपाठीको ‘मन्दिर पनि हजुरलाई’ सार्वजनिक

कवि त्रिपाठीको ‘मन्दिर पनि हजुरलाई’ सार्वजनिक

ph

पोखरा । पोखरेली श्रष्टा शिव प्रसाद त्रिपाठीको लोक आधुनिक गित सार्वजनिक भएको छ।

पोखरामा रही प्राध्यापन र साहित्य लेखनमा क्रियाशिल त्रिपाठीले आफ्नै स्वर र शब्द रचनामा मन्दिर पनि हजुरलाई बजारमा ल्याएका हुन् । आफ्नै युट्युब च्यानल शिव त्रिपाठी युट्युब च्यानलमा सार्वजनिक भएको गीतमा नवराज बरालको संगीत संयोजन रहेको छ । दि ओरफेज वेभ सेभेनमा रेकर्ड गरी सार्वजनिक भएको सो गीतमा प्रेमिकाले आफ्नो प्रेमीलाई व्यक्ति गरिएको भावलाई प्रस्तुत गरिएको छ। गतसाता सार्वजनिक भएको गीत अहिले निकै चर्चित समेत भएको छ।

इन्जिनियरिङ अध्ययन संस्थान पश्चिममाञ्चल क्याम्पसमा प्राध्यापन गर्नुहुने त्रिपाठी विभिन्न साहित्यिक सम्मानबाट सम्मानित भइसकेका छन्। उनी निजगढ साहित्य सम्मान, वैजयन्ती श्रष्टा सम्मान, पल्लव साहित्य सम्मान, साहित्य संगम नुवाकोट सहित दर्जनौ संघ संस्थाबाट सम्मानित भइसकेका छन्। पोखरा सहित देशका बिभिन्न भागमा एकल कविता वाचन गर्नुभएका त्रिपाठीका ‘राख्दा रहेछन् सबैजना’, ‘मैले वर्षौ पछि देख्दा’ लगायतका गीत निकै चर्चित छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds