शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकु काठमाडौंले आइतबार आयोजित सचेतना गोष्ठी कार्यक्रममा रेबिज रोगबाट बच्नका लागि सबैलाई आग्रह गरेको छ ।
रेबिज रोगबाट संक्रमीत भएर ज्यान गुमाउनेको संख्या शून्य बनाउने तर्फ अस्पताल अग्रसर रहँदै देशभर यस्ता सचेतनाका कार्यक्रम गरिने अस्पताल प्रशासन शाखा अधिकृत एवं सूचना अधिकारी पुरण गुरुङले जानकारी दिए । यस आर्थिक वर्षमा नेपालभर चार स्थानीय तहमा सचेतना गोष्ठी गर्ने बताउँदै अर्जुनचौपारी गाउँपालिकाबाट उक्त कार्यक्रमको सुरुवात गरिएको गुरुङको भनाइ थियो ।
‘रेबिज रोग लागेपछि सत प्रतिशत मृत्यु हुन्छ’ गुरुङले भने, ‘कुकुरले टोक्नसाथ रेबिज विरुद्धको खोप लगाइयो भने सत प्रतिशत ज्यान जोगाउन पनि सहयोग मिल्छ ।’ विशेषगरी कुकुरको टोकाइबाट रेबिज रोग सर्ने र मृत्यु हुने गरेको भन्दै सो बाट बच्नका लागि सचेतना फैलाउनुपर्ने गुरुङले बताए ।
कार्यक्रममा डा. शंकर पाण्डे, डा. सुधीर बानियाँ, डा. विश्वनाथ दवाडी लगायतले रेबिजको बारेमा, रेबिज खोप तथा PEP बारेमा, जनावरले टोकेको ठाउँमा घाउको व्यवस्थापन, खोपको प्राविधिक र व्यवहारिक ज्ञान बारे जानकारी गराएका थिए ।
कार्यक्रममा बोल्दै अर्जुनचौपारी गाउँपालिकाकी उपाध्यक्ष सपना गुरुङले यस्ता कार्यक्रम हरेक वर्ष ल्याउन आग्रह गर्दै हरबखत सहकार्य गर्न तयार रहेको बताइन् । सोही कार्यक्रममा उपाध्यक्ष गुरुङले रेबिज रोगबाट बच्नका लागि पालिकाभित्र रहेका कुकुरहरुलाई रेबिज विरुद्धको सुई लगाउने काम समेत गरेको जानकारी गराइन् ।
सो कार्यक्रममा गाउँपालिकाका प्रशासकीय अधिकृत कौशल पाण्डेले रेबिज रोगबाट बच्न पालिकाभित्रका कुकुरहरू व्यवस्थापनका लागि कार्यविधि बनाएर दीर्घकालीन योजना अघि सार्ने बताए ।
अर्जुनचौपारी गाउँपालिकाको समन्वयमा भएको रेबिज सम्बन्धी सचेतना गोष्ठीमा स्वास्थ्यकर्मी, जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका तथा नागरिक अगुवाहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रशासन शाखा प्रमुख एवं सूचना अधिकारी विनम्रता न्यौपानेले स्वागत मन्तव्य, वडा नम्बर -६ का वडाध्यक्ष नारायण प्रसाद ढकाल, महिला स्वास्थ्य स्वयंसेविका उषा केसी रोकाहाले धन्यवाद व्यक्त गरेका थिए । सो कार्यक्रमको संचालन स्वास्थ्य शाखा प्रमुख ईन्द्र बहादुर नेपालीले गरेका थिए ।
सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्