पोखरा । यही मंसिर २८ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचन अन्तर्गत सोमबार महासंघको प्रदेश समितिको निर्वाचनका लागि उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छन् ।
गण्डकीमा केन्द्रमा जस्तै दुई प्यानलको उम्मेदवारी दर्ता भएको छ । प्रेस युनियन र प्रेस चौतारीको समीकरण अनुसार गण्डकी महासंघको अध्यक्ष पदमा युनियनका तर्फबाट रमेश पौडेल र प्रेस सेन्टरसहित विभिन्न संगठनबाट गोबिन्द सुवेदीले मनोनयन दर्ता गरेका छन् । गोबिन्द यसअघि महासंघ गण्डकीको महासचिव थिए । रमेश र गोबिन्द दुवै जना बाराही एफएमसँग जोडिएका छन् ।
यसैगरी, उपाध्यक्ष खुलातर्फ भने घनश्याम पाण्डे, प्रकाश पौडेल र यदुनाथ बन्जारा गरी ३ जनाको उम्मेदवारी परेको छ । पौडेल युनियन र चौतारी टिमबाट उम्मेदवार बनेका हुन् । पाण्डे सेन्टर र बन्जारा केन्द्रीय अध्यक्ष पदका उम्मेदवार रमेश विष्ट निकटका हुन् । बञ्जारा युनियनबाट निलम्वित छन् ।
बन्जारा यसअघि प्रदेश महासंघकै सचिव थिए । त्यस्तै महिला उपाध्यक्षमा कमला खत्री केसी र मायाकुमारी अधिकारी, महासचिवमा जमुना वर्षा शर्मा र दीपक परियारको उम्मेदवारी परेको छ । जमुना कास्कीका उपाध्यक्ष हुन् भने दीपक कास्की सचिवमा पराजित भएका थिए ।
सचिव खुल्लातर्फ ताराप्रसाद शर्मा र भविश्वर पाण्डे, सचिव समावेशीतर्फ रामबहादुर घले परियार र रोशनी गुरुङको मनोनयन दर्ता भएको छ । यसैगरी कोषाध्यक्षतर्फ अग्नीधर लुइटेल, रमेश बस्ताकोटी र सागरराज तिमिल्सिनाको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ ।
यस्तै खुला सदस्यतर्फ श्रीकृष्ण सिंग्देल, गणेश पहारी, छबिलाल पाण्डे, जनक श्रेष्ठ, ध्रुवराज सुबेदी, बिजय नेपाल, राजेश पराजुली, रोशन लामिछाने र शेखर थापाको उम्मेदवारी परेको छ । त्यस्तै महिला सदस्यतर्फ ज्योति हमाल, रञ्जिता शर्मा, लक्ष्मी सुनार र सपना अधिकारीले मनोनयन गरेका छन भने सदस्य (दलित) तर्फ अमितकुमार विश्वकर्मा र विजय नेपाली उम्मेदवार बनेका छन् । सदस्य (आदिवासी जनजाती) तर्फ तिलप्राद पुन (तिलक पुन), पदम श्रेष्ठ र मन्जुल शाक्य, सदस्य (अल्पसंख्यक) तर्फ सुन्दरकुमार थकालीको मात्र उम्मेदवारी परेको छ ।
२१ सदस्यीय प्रदेश महासंघमा १ अध्यक्ष, २ उपाध्यक्ष, १ महासचिव, २ सचिव र १ कोषाध्यक्ष गरी ७ पदाधिकारी निर्वाचित हुनेछन । यसैगरी ५ खुला सदस्य, ३महिला सदस्य, २२ आदिवासी र मधेशी सदस्य र ११दलित, अल्पसंख्यक सदस्य गरी १४ जना निर्वाचित हुनेछन् ।


सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो