पत्रकार महासंघ कास्कीमा चौतारी यूनियनबाट माधव र सेन्टर समाजवादीबाट राजेन्द्रको प्यानल

पत्रकार महासंघ निर्वाचनः

पत्रकार महासंघ कास्कीमा चौतारी यूनियनबाट माधव र सेन्टर समाजवादीबाट राजेन्द्रको प्यानल

madhav rajendra

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीको नयाँ नेतृत्वका लागि विभिन्न पदमा उम्मेदवारी दर्ता भएको छ ।

प्रेस चौतारी कास्की र प्रेस युनियन कास्कीबाट साझा उम्मेदवारका रुपमा माधव बरालले अध्यक्षमा उम्मेदवारी दिएका छन् । अध्यक्षमै प्रेस सेन्टर र समाजवादी पत्रकार संगठनका तर्फबाट राजेन्द्र अधिकारीको उम्मेदवारी परेको छ । बराल हाल सचिव हुन् भने अधिकारी पूर्व उपाध्यक्ष हुन् ।

बरालको नेतृत्वमा उपाध्यक्षमा चौतारी र युनियनका तर्फबाट माधव रेग्मी उम्मेदवार बनेका छन् भने सेन्टर र समाजवादीका उम्मेदवार श्रीराम सिग्देल छन् । कमल पौडेल अथकले स्वतन्त्र उम्मेदवारी उपाध्यक्षमा दिएका छन् ।

महिला उपाध्यक्षमा कञ्चन थापा र बिनु मर्साङी मगरको उम्मेदवारी परेको छ । कञ्चन चौतारी र युनियनकी साझा उम्मेदवार हुन् । बिनुले अधिकारी नेतृत्वको प्यानलबाट उम्मेदवारी दिएकी हुन् ।

सचिवमा युनियन र चौतारीका तर्फबाट भूपाल गुरुङ उम्मेदवार छन् भने अर्काे प्यानलबाट सन्देश श्रेष्ठ छ । श्रेष्ठ सेन्टरका केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज हुन् ।

सहसचिवमा बरालको प्यानलबाट मधु अधिकारी र अधिकारीको प्यानलबाट श्रीभद्र पौडेलको उम्मेदवारी छ । समावेशी सहसचिवमा धनबहादुर गुरुङ र दिलप्रसाद गुरुङको उम्मेदवारी छ । धनबहादुर बराल प्यानल र दिलप्रसाद अधिकारी प्यानलका हुन् ।

कोषाध्यक्षमा राजाराम पौडेल, युवराज गुरुङ युनिश र सुरेशराज अधिकारीको उम्मेदवारी छ । त्यस्तै सदस्यमा अर्जुन सुशान्त गाहा, गौरव त्रिपाठी, बालकुमारी पौडेल (तारा), दीपक के श्रेष्ठ, तुलसीराम सुवेदी, रिखिराम जिसी, राजु गिरी, चिरञ्जीवी पौडेल उत्तम, विष्णु गौतम, नीराजन अधिकारी, सन्तोष सुवेदी र सन्दीप पौडेलको उम्मेदवारी छ । सदस्य महिलामा देविका तामाङ र कविता घर्तीमगर, सदस्य दलितमा सुरेश सुनार र सन्तोष परियार, सदस्य आदिवासी जनजातिमा पूनम थापामगर (निर्विरोध), सदस्य अन्य समावेशीमा सूर्यबहादुर परियार (निर्विरोध)को उम्मेदवारी परेको छ ।

पाँच जना केन्द्रीय पार्षदका लागि ११ जनाको उम्मेद्वारी परेको छ । जसमा अमृतराज उपाध्याय तिवारी, आरजु सल्यानी (मोहनकुमार विष्ट), ऋषिराम बराल, कृष्ण दुवाडी, कृष्णमणि बराल, दिननाथ बराल, भरत कोइराला, एमबी आस्था (मानबहादुर घर्ती, राजबहादुर गुरुङ, रामप्रसाद तिमिल्सिना र शिरोमणि बराल छन् ।

यसैगरी १५ जना प्रदेश परिषद सदस्यमा १७ जनाको उम्मेद्वारी परेको छ । जसमा केशव पाठक, खीमाकुमारी गुरुङ, खेमबहादुर सारु, गणेशकुमार श्रेष्ठ, घनश्याम पाण्डे, दुर्गाप्रसाद पौडेल, निरज कायस्थ, प्रकाश ढकाल, वासुदेव मिश्र, विष्णुप्रसाद सापकोटा, मनोहरि पौडेल, राम गुरुङ, रुद्र श्रीष मगर, शिवराज वस्ताकोटी, सन्तोष बस्याल, सुदर्शन रञ्जित र हरि पन्त छन् ।

महासंघको निर्वाचन देशैभरि २८ मंसिरमा हुँदैछ । केन्द्र, प्रदेश र जिल्लामा एकै दिन मतदान गर्ने निर्वाचन तालिका सार्वजनिक भइसकेको छ । यसअघि नै केन्द्र र प्रदेशमा उम्मेदवारी दर्ता गरिएको छ । जिल्लाका लागि २६ गतेको दिन तोकिएको थियो ।

पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष पत्रकार पुण्य पौडेलको संयोजकत्वमा निर्वाचन समिति गठन भएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ