तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नं. १२ घाँसिकुवा बाट ३०० थान लागु सहित ३ जना लाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । आइतबार ५:४० बजेको समयमा लागु औषध बिक्री वितरणको लागी लिएर आउँदै छन भन्ने सुचनाको आधारमा चेकजाँच गर्ने क्रममा शंकास्पद रुपमा भेटिएका तिन जना लाइ प्रहरीले पक्राउ गरेको हो ।
यसरि पक्राउ पर्नेहरुमा नबलपरासीको परासी नगरपालिका वडा नं. ६ पोखरापानी बस्ने बर्ष २८ का राजु शहनी भन्ने रघुन्द मल्ल, परासी नगरपालिका वडा नं. ६ पोखरापानी बस्ने बर्ष २८ का राम बसन्त शहनी र ब्यास नगरपालिका वडा नं. ४ सितलचोक बस्ने बर्ष २० को अनिल तामाङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए ।
उनीहरु लाई नियन्त्रणमा लिई शरिर तलासी लिदा राम बसन्त शहनीले बोकेको झोला भित्र पत्रिकाले र्यापिङ गरी पानी टेपले लेपेटेर लुकाई छिपाई राखी ल्याउदै गरेको अबस्थामा २ मिलिलिटरको डाइजेपाम शिशी १०० थान, २ मिलिलिटरको नोफिन शिशी १०० थान र २ मिलिलिटरको फेनेरेगन शिशी १०० थान सहित ३०० थान लागु औषध फेला परेको प्रहरीले जनाएको छ ।
उक्त लागु औषध बरामद गरी लागु औषधको खरिद बिक्री तथा ओसार पसारको कारोबार गर्ने ब्यक्तिहरुलाई पक्राउ गरी लागु औषध मुद्दामा जिल्ला अदालत तनहुँमा उपस्थित गराई म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
विद्यमान परिस्थितिमा नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ: गण्डकी मुख्यमन्त्री पाण्डे
सार्वजनिक स्थलमा धूम्रपान र सूर्ति सेवन नगर्न प्रशासनको आग्रह, उल्लंघन गरे कारबाही हुने
बिलभन्दा बढी सामान बोकेको बोलेरो नियन्त्रणमा
पोखराबाट भरतपुर र नेपालगञ्जसम्मको हवाई उडान स्थगित
बोक्रो फेरिँदैमा भित्री गुदी फेरिँदैन : सांसद रेग्मीलाई अर्जुनचौपारीको व्यंग्यात्मक जवाफ
महालेखा परीक्षक कार्यालयको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’