नेपाल पत्रकार महासंघ स्याङ्जाको नयाँ नेतृत्व चयन शुक्रबार सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा स्याङ्जाको अध्यक्षमा प्रदीप कोइराला निर्वाचित भएका हुन् ।
स्याङ्जा शाखाको अध्यक्ष पदका लागि प्रतीक्षा काफ्ले र प्रदीप कोइरालाको उम्मेदवारी रहेको थियो । कोइराला ३४ मत प्राप्त गर्दै विजयी हुँदा प्रतिद्वन्दी काफ्लेले १३ मत प्राप्त गरेकी थिइन् ।
कोइरालाको नयाँ नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन भएको हो । सह-सचिव पदमा एक बहादुर गोदार (रमेश)ले ३० मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उनका प्रतिद्वन्दी खेम प्रसाद(के.पि.) खनालले १६ मत प्राप्त गरे ।
चार खुल्ला सदस्य पदका लागि पाँच जनाको उम्मेदवारी परेको थियो । जसमा युवराज पौडेलले ४१ मत, राम बहादुर रोकाहा र कृष्ण बस्यालले ४० मत र सविनचन्द्र डोटेलले ३७ मत प्राप्त गरेर विजयी भएका छन् । अर्का प्रतिस्पर्धी उम्मेदवार शालिकराम पोख्रेलले भने १० मत ल्याएका थिए ।
समावेशी सदस्यमा हिमलाल घर्ती ३५ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी कामना सुनारले ११ मत ल्याएकी थिइन् ।
यसैगरी, समितिको उपाध्यक्षमा माधव गैह्रे, महिला उपाध्यक्षमा साधना न्यौपाने, सचिवमा हरि प्रसाद सुवेदी (सुशील), समावेशी सह-सचिवमा कला राना, कोषाध्यक्षमा जोगराज पाठक निर्विरोध निर्वाचित भएका हुन् ।
त्यस्तै, महिला सदस्यमा आरती कुँवर, दलित सदस्यमा नारायण विश्वकर्मा, आदिवासी/जनजाती सदस्यमा भुम बहादुर रखाली (विनोद), राष्ट्रिय परिषद सदस्यमा ओम प्रकाश शर्मा र पार्वती पाण्डेय, महिला प्रदेश प्रतिनिधि सदस्यमा फुलमाया पाण्डेय भट्टराई र प्रदेश परिषद सदस्यमा टिकाराम अधिकारी, तोलाकान्त बगाले र रामु भट्टराई निर्विरोध निर्वाचित भएका हुन् ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा स्याङ्जामा ५४ जना सदस्य रहेपनि ४९ मत खसेको थियो ।
सम्बन्धित खबर
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
स्याङ्जा–२ मा झविलाल डुम्रेको चुनावी प्रतिबद्धता सार्वजनिक, सुशासनदेखि कृषि र पूर्वाधारसम्म प्राथमिकता
स्याङ्जा–२ मा कांग्रेसका मल्ललाई जय मातृभूमि पार्टीका थापाको समर्थन
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस