पोखरा महानगरपालिका वडा नं. ३२ गगनगौंडा स्थित श्री गोगन माध्यामिक विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुले भूपू विद्यार्थी मञ्च गठन गरेका छन् ।
शनिबार विद्यालय प्रांगणमा भेला भएका पूर्व विद्यार्थीहरुको समूहले किसान परियारको संयोजकत्वमा भूपू विद्यार्थी मञ्च तदर्थ समिति गठन गरेको हो ।
विद्यालय र पूर्वविद्यार्थीहरूबीचको सम्बन्धलाई अझ गाढा बनाउँदै विद्यालयको सबै खाले प्रगतिमा हातेमालो गर्न मञ्चको गठन गरिएको संयोजक किसान परियारले बताए।
तदर्थ समितिको सहसंयोजकमा रेशम रानाभाट, सचिवमा विनोद भण्डारी, सहसचिवमा भावना पौडेल, कोषाध्यक्षमा एलिसा केसी र सदस्यमा दीपक पौडेल, विश्वर्ण बस्नेत, अजय घिमिरे र कृतिराज खनाल रहेका छन् ।

समितिले मञ्चको विधान तयार गर्ने र समितिको प्रथम अधिवेशन गर्ने तयारीमा लाग्ने समितिका सदस्य दीपक पौडेलले बताए।
विद्यालय व्यवस्थापन समिति र पुर्व मञ्च संयोजकहरुको सक्रियतामा आयोजना गरिएको पूर्व विद्यार्थीहरुको पुनर्मिलन कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ३२ का अध्यक्ष अक्कल बहादुर कार्की, विद्यालयका शिक्षकहरू र अभिभावकहरुको समेत उपस्थिति रहेको थियो।
२०२५ सालमा स्थापना भएको विद्यालयमा हाल एक हजार सात सय ५० विद्यार्थीहरुले अध्ययन गर्दै आएका छन।
सम्बन्धित खबर
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
फेदीखोलामा वृक्षारोपणसँगै बालबालिकाको स्वास्थ्य परीक्षण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो