हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भन्दै तस्वीर सार्वजनिक भएको विषयमा जिल्ला प्रहरी कार्यालय कास्कीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
कार्यालयका प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले बिहीबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै अनुसन्धानलाई समेत नकारात्मक प्रभाव पार्ने गरी फोटो सार्वजनिक गरिएको भनिएको छ ।
विज्ञप्तिमा प्रहरीले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरको आरोपमा अनुसन्धान भइरहेको विषयलाई प्रभाव पार्ने काम भएको समेत उल्लेख छ ।
फोटो सार्वजनिक गर्ने व्यक्तिको पहिचान भएको पनि प्रहरीले जनाएको छ ।

सूचनाको हक सम्बन्धी ऐन २०६४ मा व्यवस्था भएअनुसारको अपराध अनुसन्धान, गोपनीयता कायम गर्नुपर्ने व्यवस्था र साइबर अपराधसम्बन्धी कानुन उल्लङ्घन भएको हुँदा सोही मुद्दामा अनुसन्धान गरेर कारबाही गर्ने प्रहरीले जनाएको छ ।
यसअघि गृहमन्त्री रमेश लेखकले ‘रविको हिरासतभित्रको फोटो भन्दै बाहिर ल्याउनेलाई कारबाही गर्न’ निर्देशन दिएका छन् ।
तस्वीर बाहिर ल्याउने व्यक्ति र सुरक्षा कमजोरीमा संलग्न प्रहरीमाथि पनि कारबाही गर्न गृहमन्त्रीले निर्देशन दिएको प्रहरी स्रोतले जनाएको छ ।
रवि हिरासतमा सुतिरहेको फोटो डा. निकोलस भुसालको फेसबुक आइडीबाट सार्वजनिक भएको थियो । निकोलसले फोटो आफूले खिचेको स्वीकार समेत गरिसकेका छन् ।

सम्बन्धित खबर
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
२० औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन २ गते
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो