पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुकमा जीप दुर्घटना हुँदा मृत्यु एक महिलाको मृत्यु भएको छ । अस्पताल ल्याइनसकेकाले प्रहरीले पुष्टि गरेको थिएन ।
जीप दुर्घटना हुँदा मुस्ताङको थासाङ गाउँपालिका १ टुकुचे बस्ने ७० वर्षीया भिमकुमारी थकालीको घटनास्थलमै मृत्यु भएको हो । घाइते भएका अन्य ४ जनाको पनि पहिचान खुलेको छ ।
पोखराबाट घान्द्रुक जाँदै गरेको ग १ ज ६८२१ नम्बरको स्कारपियो जीप घान्द्रुकको बतासे डाँडामा आज दिउँसो दुर्घटना हुँदा ४ जना घाइते र एकजनाको मत्यु भएको थियो ।

घाइते मध्ये ४ जनाको सिम्रिक एयर मार्फत् उद्धार गरेर मणिपाल शिक्षण अस्पताल उपचार भइरहेको जिल्ला ट्राफिक कार्यालय कास्कीका सूचना अधिकारी शिवप्रसाद पाठकले जानकारी दिए ।
दुर्घटनामा परी पोखरा महानगरपालिका–१६ दीप बस्ने २० वर्षीया रिहाना थकाली, मुस्ताङको थासाङ गाउँपालिका–१ घर भएका ३१ वर्षीया ज्योति खत्री थकाली घाइते भएका हुन् । जीपमा सवार बागलुङको गलकोट नगरपालिका १ झाँक्रीस्थान बस्ने ७६ वर्षीया खिमकुमारी खत्री, अन्दाजी ५० वर्षीया नविना खत्री घाइते भएकी छिन् ।
घाइते चारै जनाको शरिरका विभिन्न भागमा चोट लागेको छ । उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

यस्तै, बागलुङको गलकोट नगरपालिका–१ झाक्रीस्थान बस्ने ४० वर्षीया अनिता खत्री सकुशल रहेको प्रहरीले जनाएको छ ।
सवारी चालक स्याङ्जाको भिरकोट नगरपालिका २ डाँडाकोट बस्ने ४३ वर्षीय गोविन्द श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार ग१ज ६८२१ नं. को स्कारपियो जीप विकासे डाँडामा पुगेपछि अफ्ठ्यारो सडकका कारण रोकिएको थियो ।
चालक श्रेष्ठ र यात्रु अनिता अगाडि सडकको अवस्था हेर्न जानेक्रममा जीप पछाडि गुडेर सडकबाट करिब छ सय मिटर तल भिरमा अड्किन पुगेको प्रहरीले जनाएको छ ।
दुर्घटनालगत्तै प्रहरी चौकी घान्द्रुक, प्रहरी चौकी बिरेठाँटी र वडा प्रहरी कार्यालय बगरबाट टोली खटिएर निकै अफ्ठेरो भिरबाट यात्रुको उद्दार गरी हेलिकोप्टरमार्फत उपचारका लागि पोखरा ल्याइएको हो ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’