सुन्दरकुमार थकाली
मुस्ताङ ,२ असोज ।
संविधान दिवसका अवसरमा मुस्ताङ सदरमुकाम जोमसोममा मंगलबार बृहत सरसफाई भएको छ ।जिल्ला समन्वय समितिकी प्रमुख छिरिङ ल्हामो गुरुङको अध्यक्षतामा सविधान दिवस मुल समारोह समिति अन्तर्गत जोमसोममा सरसफाई भएको हो ।
मुलुकभर सविधान दिवस मनाउने क्रममा मुस्ताङमा सरसफाईसहित भोली बुधबार पुथाङ एयरपोर्टबाट ¥याली तथा कोण सभाको आयोजना हँने मुल समारोह समितिकी अध्यक्ष गुरुङले जानकारी दिईन् ।उनका अनुसार दिवसका अवसरमा तीन दिनसम्म सरकारी तथा गैरसरकारी कार्यालयहरुमा लगातार साँझ दिपावली गर्ने कार्यक्रम रहेको बताईन् ।
सरसफाई कार्यक्रममा प्रदेश सांसद महेन्द्रबहादुर थकाली ,मुलसमारोह समितिकी अध्यक्ष जिसस प्रमुख गुरुङ,उपप्रमुख राजेन्द्र शेरचन,प्रमुख जिल्ला अधिकारी शिशिर पौडेल ,जिसस अधिकारी केशव बिमली,जिल्ला समन्वय ईकाई प्रमुख मतिलाल चपाई ,जिल्ला स्थित सरकारी कार्यालयका प्रतिनिधि,जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपि महेन्द्र खड्का ,नेपाल प्रहरी,सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले सहभागिता जनायो ।
जोमसोमको पुथाङ एयरपोर्ट देखि सुरु भएको सरसफाई जोमसोम काठेपुल बसपार्कमा समापन भएको थियो ।सरसफाई कार्यक्रमको औचित्य माथि प्रकास पार्दे जिसस प्रमुख गुरुङले वातावरण चुस्त राख्न सके मानव स्वास्थ्य स्वस्थ रहने सहयोग प्ुग्ने बताईन् ।उनले हिमालपारी पर्यटकिय जिल्ला भएकाले यहाँको वातावरण सन्तुलित राख्न सबै सरोकारवालाले ध्यान दिनुपर्ने सुझाईन् ।
सम्बन्धित खबर
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
माथिल्लो मुस्ताङ जान विदेशीलाई दैनिक ५० डलर शुल्क लिने सरकारको निर्णय
मुस्ताङ घुम्न गएका तीर्थालुको लेक लागेर मृत्यु
मुस्ताङका उच्च हिमाली पदमार्गमा बुधबारसम्म यात्रा नगर्न प्रशासनको आग्रह
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?