पोखरा । कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं. ७ मा रहेका धार्मिक ऐतिहासिक कान्छी बराह मन्दिरको प्रवद्र्धनको लागि हाइकिङ कार्यक्रमको आयोजना गरिएको छ ।
गण्डकी प्रदेश निति तथा योजना आयोगका सदस्य दिपक भण्डारीको विशेष उपस्थिति रहेको उक्त हाइकिङमा पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसारमा हाइकर्स क्लबले उदाहरणिय कार्य गरेको वताउँदै समय मिलेसम्म आफु सहभागी हुने बताए । साथै उनले हाइकिङ कार्यक्रमलाई सहयोग पुग्ने गरी राज्यले निति ल्याउनु पर्ने बताउँदै आफुले निति तथा कार्यक्रम निर्माण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
पितम देउराली आमा समुहले हाइकिङमा सहभागिलाई फुलको गुच्छाले स्वागत गर्दै स्थानिय कला सस्कृति प्रस्तुत गरी साँस्कृतिक कार्यक्रम देखाएका थिए । हाइकर्स टोली लाई स्थानिय समाजसेवी तथा कृषि फर्म संचालक कमल गुरुङले कान्छी वराहदेखि पितम देउरालीसम्म साथ दिएका थिए ।
उक्त स्थानमा व्यवसाय गरेकी डबल फरेष्ट रेष्टुरेष्ट तथा लजकी संचालिका सन्जु आचार्य पौडेलले पर्यटन प्रवद्र्धनको उद्धेश्य वोकेर आएको हाइकिङको समुहलाई खानामा विषेश छुट दिएकी थिइन् भने पितम देउरालीमा खानेपानी २० किमी टाडाबाट ल्याएको कारण रिर्जव टंकी निर्माण गर्न, पैदल यात्रीलाई १२ महिना हिड्न सहज हुने सिंडी बाटो निर्माण गर्न तथा हाइकिङ तथा ट्रेकिङमा आउने पर्यटकको लागि फोहर फ्याक्ने डस्विन ठाउँठाउँमा राख्न स्थानिय सरकार सँग माग गरेकी छन् ।
सो अवसरमा पोखरा १७ को पुल्चोक क्लबका अध्यक्ष सुरज खवास, क्लबकी सल्लाहकार जुना गुरुङ, अभिवक्ता राजेन्द्र वस्याल, पत्रकारहरु नविन क्षेत्री र सुरज वरायली, समाजसेवी सितला थापा, वसन्त वञ्जरा, पुर्व प्रनि पुष्पकमल श्रेष्ठ, व्यवसायी देवी गुरुङ, गृहणी शुशिला रानाभाट, सर्मिला रानाभाट, विद्यार्थी तपस्या रानाभाटलगायत ३५ जनाको सहभागिता रहेको थियो ।
काठमाण्डौ घर भइ पोखरामा पर्यटन क्षेत्रमा कार्यरत पहिलो पटक हाइकिङमा सहभागि गायत्री खनालले हाइकिङको नारा जस्तै काम रहेका बताउँदै यो कार्यक्रम निरन्तर अगाडि बढाउन सुझाव दिएकी थिइन् ।
स्वास्थ्य र पर्यटनको लागि हाइकिङ भन्ने मुल नाराका साथ हरेक महिनाको अन्तिम शनिबार पोखरा आसपासका पर्यटकीय गन्तव्यहरुलाई जोडेर हाइकिङ कार्यक्रम गर्दै आएको हाइकर्स क्लब नेपालले नियमित श्रृङ्खला अन्तरगत ५३ औं भागको हाइकिङ कान्छी बराहमा गरेको क्लबका अध्यक्ष कृष्ण रानाभाटले बताए ।
सम्बन्धित खबर
कृषकहरुलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ
नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा पोखराका सुमन पहारीको उम्मेदवारी
सापकोटाको बहुआयामिक कविता संग्रह ‘युगान्तर’ प्रकाशित
होराइजन वालिङले जित्यो कालीगण्डकी गोल्डकपको उपाधि
स्याङ्जाको बिरुवामा झाडीभित्र भेटियो भरुवा बन्दुक
स्याङ्जामा २ हजार ५७२ मतदाताको नाम सूचीबाट हटाइयो
यो पनि पढौँ
नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा पोखराका सुमन पहारीको उम्मेदवारी
स्याङ्जा नागरिकता किर्ते प्रकरण : ताकेतापछि मात्रै ३ कर्मचारी पक्राउ
इनम सापकोटा बालेनकै विचौलिया हुन्, निर्वाचन क्षेत्रमा सर्भेमा खटिएका थिएः सूर्य थापा
पृथ्वी राजमार्गको मझिमटार खण्ड तीन घण्टा बन्द हुने