तनहुँ । व्यास नगरपालिकाले गत असार १९ गते रुख ढलेर ज्यान गुमाएकी तथा घाइते भएका बालिकाहरुको परिवारलाई आर्थिक सहयोग गरेको छ । घरबाट विद्यालय जाने क्रममा रुख ढलेर ज्यान गुमाएका र र्घाईते भएका व्यास नगरपालिका वडा नम्बर ६ शेषटारका एकै परिवारका बालिकाहरुको परिवारलाई नगरपालिकाले ५० हजार रुपँया नगद सहयोग प्रदान गरेको हो ।

बालिकाका पिता तेज बहादुर थापालाइ नगर प्रमुख वैकुण्ठ न्यौपानेले सोमबार उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् । चेक हस्तानतरण गर्दै नगरप्रमुख न्यौपानेले विपद्को अवस्थामा नगरपालिका नगरबासिको साथमा रहेको बताए । उक्त रकमको चेक ग्रहण गर्दै तेज बहादुर थापाले नगरपालिका प्रति धन्यवाद प्रकट गरेका थिए । व्यास नगरपालिकाको विपद् व्यवस्थापन कोष अर्न्तर्गत उक्त रकम सहयोग स्वरुप हस्तान्तरण गरिएको हो ।
रुख ढलेर किच्दा तेजबहादुरकी कान्छी छोरी ८ वर्षीया विनिषा थापा मगरको मृत्यु भएको थियो भने १० बर्षीया माईली छोरी सनिषा गम्भिर र्घाईते भएकी थिईन । र्घाईते सनिषाको कम्मरदेखि मुनिको भाग चल्दैन । सोही घटनामा र्घाईते भएकी थापाकी जेठी छोरी अस्मिताको अवस्था सामान्य रहेको छ ।
यो पनि पढ्नुहोस :
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन