प्रहरीको धर्म नै समुदायमा सेवा गर्नु हो । समुदायमा शान्ति सुरक्षा कायम गर्नु प्रहरीको दायित्व हो । यसै क्रममा स्याङ्जामा प्रहरी सेवामा रहेर विद्यालयको शान्ति सुरक्षामा अमुल्य योगदान पुर्याएका युवराज तिमिल्सिना विद्यालयबाट सम्मानित भएका छन् ।
केही दिन अघि विद्यालयमा तोडफोड गरि चोरी समेत भएको घटनामा चोर पत्ता लगाई कानुनी दायरामा ल्याउन खेलेको अहम भूमिकाको कदर गर्दै प्रहरी तिमिल्सिनालाई स्याङ्जा पुतलीबजार नगरपालिका -३ स्थित काजिमान हरिटीका माध्यमिक विद्यालयले सम्मान गरेको हो ।
विद्यालयको ५४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस एवं बृहत् विज्ञान मेलाको अवसरमा प्रहरी तिमिल्सिनालाई विद्यालयको शान्ति सुरक्षामा कमी नभएको महसुस गराउन पुर्याएको अतुलनीय योगदानको उच्च मुल्यांकन गर्दै सम्मान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ई. अनुप श्रेष्ठले बताए ।
प्रहरी सेवामा रहेका तिमिल्सिना हाल जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत छन् । स्याङ्जा जिल्लाकै शान्ति सुरक्षामा उनको अहम भूमिका रहँदै आएको छ । उनकै नेतृत्वमा एकै दिनमा एक सय ११ जना फरार रहेका प्रतिवादी पक्राउ समेत गरिएको थियो । उनकै नेतृत्वले पुर्याएको योगदानले देशमै फरार प्रतिवादी पक्राउ गर्ने उत्कृष्ट जिल्ला स्याङ्जा बनेको थियो । उनको यहि कार्यशैलीले गर्दा नै प्रहरी कार्यालयले उनलाई ‘पुलिस अफ द मन्थ’ बाट सम्मान समेत गर्ने गरेको छ ।
सम्बन्धित खबर
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
दरौंखोला र गड्यौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’