पोखरा । सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेसहित ४४ विरुद्ध अभियोग पत्र जिल्ला अदालत कास्की दर्ता भएको छ ।
सरकारी वकिल कार्यालय कास्कीले पेश गरेको प्रमाणपत्र र मिसिलसहितको अभियोग अदालतमा दर्ता भएको कास्की अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।
३१ व्यक्तिसहित ८ कम्पनी र ५ सम्पत्ति जफत गरि ४४ विरुद्ध अभियोग पत्र दर्ता गरिएको सूचना अधिकारी सुरजले बताए ।
लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा ३ वटा कसुरमा अभियोग दर्ता भएको छ । उनीविरुद्ध फरकफरक अभियोगमा छुट्टाछुट्टै आरोपपत्र दर्ता भएको हो ।
लामिछाने विरुद्ध सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अभियोग पत्र दर्ता भएको छ ।
“अभियोगपत्र दर्ता भएको छ। तीनवटा छुट्टाछुट्टै अभियोगपत्रहरू छन्। कुल ४२७ पेजको अभियोजनपत्र छ। कसलाई कुनकुन कसूरमा कस्तो सजाय माग गरिएको छ त्यो हामी पछि हेरेर जानकारी दिनेछौँ।” अधिकारीले भने ।
पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेको दिनबाट ९२ औँ दिनमा सरकारले लामिछाने र जोशी सहित ४४ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिँदैैछ ।
५ जनालाई बिगो अनुसारको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएको छ ।
प्रहरीले ५१ जनालाई प्रतिवादी कायम गर्न सरकारी वकिललाई राय दिएको थियो । लामिछाने सहित ४९ जनालाई सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र सङ्गठित अपराध गरेको कसुरमा तथा जीवी राई र लीला पछाईंलाई राष्ट्रबैंक ऐन अन्तर्गतको कसुरमा पनि सजाय गर्न मागदावी लिनुपर्ने राय दिएको थियो । तर, सरकारी वकिलले प्रतिवादीको संख्या घटाएर मुद्दा दायर गरेको छ ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो