सामाजिक अध्ययन मञ्च, कास्कीको आयोजनामा सामाजिक अध्ययन विषयको परिमार्जित पाठ्यक्रम सम्बन्धमा एक दिने गोष्ठी तथा कार्यशाला सम्पन्न भएको छ |
कार्यशाला गोष्ठीलाई पाठ्यक्रम विकास केन्द्रकी सामाजिक विषयकी पाठ्यक्रम अधिकृत सरस्वती भट्टराइले सहजिकरण गरेका थिए ।
कास्कीबाट परिमार्जन कार्यदलका सदस्य तथा विषयविज्ञ रहनुभएका मंचका निवर्तमान र वर्तमान अध्यक्षद्वय दिनेश अर्याल र गोविन्द काफ्लेको उपस्थितिमा एक दिने गोष्ठी तथा कार्यशालामा कास्कीबाट सुझाव संकलन कार्य सम्पन्न भएको छ |
सामाजिक विषयको परिमार्जित पाठ्यक्रमको सुझाव संकलन कार्यमा कास्कीका लेखक एवं शिक्षकहरू सूर्य गुरुङ, राजिव उपाध्याय, टेकनाथ पौडेल, मञ्चकी उपाध्यक्ष नारायणी शर्मा गौतमसँगै सामुदायिक र संस्थागत विद्यालयका ६० जना शिक्षकहरुको उपस्थिति थियो |
पाठ्यक्रम परिमार्जनमा सामाजिक अध्यनलाई सरलीकृत गर्दै विद्यार्थीको उमेर क्षमता र वर्तमान आवश्यकता अनुसार आधारभूत विषयवस्तुहरु मात्र समेटी जीवनोपयोगी सीप र नैतिक शिक्षालाई आधारभूत तहबाटै माध्यामिक तहसम्मै समावेश गर्नुपर्ने सुझाव दिइयो |
साथै, सामाजिक अध्ययनले भविष्यमा देशको लागि काम लाग्ने जनशक्ति उत्पादन, मौलिक पहिचान र स्थानीयकरणलाई संरक्षण गरी सोचमा विश्वव्यापीकरण ल्याउन सक्ने विषयवस्तु समेटिनुपर्ने कुरामा जोड दिइयो |
सोहि अवसरमा १६ जना सामाजिक अध्यापन गर्ने शिक्षकले अध्ययन मञ्च, कास्कीको आजीवन सदस्यता लिएको मञ्चका सचिव तिलकप्रसाद काफ्लेले जानकारी दिए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन