एकै दिनमा हिरासतबाट छुटे निकोलस भुसाल, म्याद थप गर्न अदालतद्वारा अस्वीकार

एकै दिनमा हिरासतबाट छुटे निकोलस भुसाल, म्याद थप गर्न अदालतद्वारा अस्वीकार

बाहिरबाट नै मुद्दा लड्न पाउने

nicolas-bhusal

रवि लामिछानेको तस्बिर हिरासतबाट बाहिरिएको अभियोगमा पक्राउ परेका निकोलस भुसाल सोमबार छुटेका छन्। कास्की जिल्ला अदालतले भुसालविरुद्ध म्याद थप गर्न अस्वीकार गरेपछि उनी बाहिरबाट नै मुद्दा लड्न पाउने भएका छन्।

कास्की प्रहरीले उनलाई म्याद थपका लागि सोमबार अदालतमा उपस्थित गराए पनि न्यायाधीश नवराज दाहालको इजलासले म्याद थप गर्न अस्वीकार गरेको हो।

अदालतले हिरासत बाहिरै राखेर उनीमाथि अनुसन्धान गर्न आदेश दिएसँगै भुसाललाई छाडिएको कास्की प्रहरीका एक अधिकृतले जानकारी दिए ।

रास्वपाका सभापति रवि लामिछाने कास्की प्रहरीको हिरासतमा सुतिरहेको फोटो सार्वजनिक गरेको आरोपमा उनी आइतबार काठमाडौँबाट पक्राउ परेका थिए। काठमाडौँबाट उनलाई सोमबार पोखरा लगिएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds