पोखरा । विगतमा पनि जाडो याममा चलेको चिया पिउँदै समाजसेवा अभियानलाई यस वर्ष पनि निरन्तरता दिइएको छ ।
पहिलो पाईला नेपाल, पोखरा शाखाले चिया पिउँदै समाजसेवा अभियान पृथ्वीनारायण क्याम्पस गेटबाट सुरु गरेको हो । पोखराका विभिन्न ठाउँहरुमा २० दिनसम्म कार्यक्रम चल्ने शाखाको पूर्व अध्यक्ष तथा केन्द्रिय कार्यसमिति सदस्य रञ्जित दनैले जानकारी दिए ।
यस अभियानबाट संकलित रकम दुर्गम भेगका निम्न वर्गका विद्यार्थीका लागि प्रदान गरिने उनले जनाए । ‘जो शिक्षाको उज्यालोबाट बञ्चित हुनुहुन्छ, उहाँहरुलाई विद्यालयसम्म पुर्याउने र त्यहाँ पढ्ने वातावरण सिर्जना गर्नु नै अभियानको उद्देश्य हो ।’ – दनैले भने – ‘विद्यार्थीहरुलाई भाग्य बोक्ने झोला अर्थात् झोलाभित्र सम्पूर्ण शैक्षिक सामाग्री, टिफिन बाकस, रुमाल आदि वितरण गरिनेछ ।’

जाडोको समयमा एक सरो न्यानो कपडा फेर्न नसक्नेहरुका लागि ‘न्यानो माया अभियान’ अन्तरगत टोपी, स्विटर, ट्रयाक सुट र न्यानो कपडा किन्न प्रदान गरिने उनले जनाए ।
कार्यक्रमको संयोजन पुजा बास्तोलाले गरेकी छन् ।
संस्थाका अध्यक्ष केनुका थापा अनुसार यसअघि पनि संस्थाले विभिन्न ठाउँहरुमा विभिन्न शैक्षिक अभियान, भाग्य बोक्ने झोला अभियान, स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम, सरसफाई कार्यक्रम र दैवीप्रकोप बाढी, पहिरो, भुकम्पको बेला राहत र उद्धार गर्दै आएको छ ।

सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
न्याशनल इन्भेन्टिभ स्कुलमा अनिमेषको नेतृत्वमा अंग्रेजी स्क्र्याबल क्लब गठन
तामझामपूर्ण तरिकाले शुरु भयो २७ औं पोखरा सडक महोत्सव
राष्ट्रिय लिगमा सहभागी हुने पोखराको लालीगुराँस एसोसिएसन क्लबद्वारा सहयोग आह्वान
युआरएलको सहयोगमा शिवालय र नदीपुरमा शिविर
मणिपाल अस्पताललाई पोखराको उत्कृष्ट करदाता सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो