पोखरा । विगतमा पनि जाडो याममा चलेको चिया पिउँदै समाजसेवा अभियानलाई यस वर्ष पनि निरन्तरता दिइएको छ ।
पहिलो पाईला नेपाल, पोखरा शाखाले चिया पिउँदै समाजसेवा अभियान पृथ्वीनारायण क्याम्पस गेटबाट सुरु गरेको हो । पोखराका विभिन्न ठाउँहरुमा २० दिनसम्म कार्यक्रम चल्ने शाखाको पूर्व अध्यक्ष तथा केन्द्रिय कार्यसमिति सदस्य रञ्जित दनैले जानकारी दिए ।
यस अभियानबाट संकलित रकम दुर्गम भेगका निम्न वर्गका विद्यार्थीका लागि प्रदान गरिने उनले जनाए । ‘जो शिक्षाको उज्यालोबाट बञ्चित हुनुहुन्छ, उहाँहरुलाई विद्यालयसम्म पुर्याउने र त्यहाँ पढ्ने वातावरण सिर्जना गर्नु नै अभियानको उद्देश्य हो ।’ – दनैले भने – ‘विद्यार्थीहरुलाई भाग्य बोक्ने झोला अर्थात् झोलाभित्र सम्पूर्ण शैक्षिक सामाग्री, टिफिन बाकस, रुमाल आदि वितरण गरिनेछ ।’

जाडोको समयमा एक सरो न्यानो कपडा फेर्न नसक्नेहरुका लागि ‘न्यानो माया अभियान’ अन्तरगत टोपी, स्विटर, ट्रयाक सुट र न्यानो कपडा किन्न प्रदान गरिने उनले जनाए ।
कार्यक्रमको संयोजन पुजा बास्तोलाले गरेकी छन् ।
संस्थाका अध्यक्ष केनुका थापा अनुसार यसअघि पनि संस्थाले विभिन्न ठाउँहरुमा विभिन्न शैक्षिक अभियान, भाग्य बोक्ने झोला अभियान, स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम, सरसफाई कार्यक्रम र दैवीप्रकोप बाढी, पहिरो, भुकम्पको बेला राहत र उद्धार गर्दै आएको छ ।

सम्बन्धित खबर
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) का विद्यार्थी दीक्षित
पोखरामा रक्सी पिएर स्कुल बस चलाउने ५ चालक प्रहरी नियन्त्रणमा
फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
बिटी कपमा सेमिफाइनल समिकरण पूरा, फाइनल खेल बिहीबार
माघ २७ देखि आहा ! रारा पोखरा गोल्ड कप
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला