पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा पूर्वडीआईजी छविलाल जोशीको बयान सकिएको छ।
सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा न्यायाधीश नितिज राईको इजलासमा जोशीको बयान भएको हो ।
गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष जोशीको कास्की जिल्ला अदालतमा मंगलबार बयान सकिएको हो । उनीसँग सोमबार पनि बयान लिइएको थियो । नसकिएपछि मंगलबार निरन्तरता दिइएको हो । छविको बयान सकिएपछि अर्का प्रतिवादी लीला पछाईसँगको बयान शुरू भएको छ ।
सोही प्रकरणमा मुद्दा दायर भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको भने अझै पालो आएको छैन । उनको पालो आउन केही दिन लाग्ने भएको छ।
किनभने लिलाको बयान सकिएको छैन। बुधबार क्रिसमस डेको सार्वजनिक बिदा परेको छ। बिहीबार अदालत खुलेपछि लिलाको बयान निरन्तर हुने अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।
मंगलबार जिल्ला अदालतमा छवि, रवि, पछाईंसँगै नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाललाई पुर्याइएको थियो। सूर्यदर्शन सहकारीका सञ्चालक रहेका कृष्णबहादुर गुरुङ भने बिरामी भएकाले अदालत लगिएन ।
यो प्रकणमा प्रहरी हिरासतमा रहेका लामिछाने, जोशी, पछाईं, खनाल र गुरुङको बयान सकिएपछि थुनछेक बहस शुरू हुनेछ । त्यसपछि मात्र अदालतले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी वा साधारण तारेखमा छाड्ने भन्ने निर्णय गर्नेछ ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’