स्याङ्जाको कालीगण्डकी गाउँपालिका -३ आलम स्थित विर्घा-मिर्मी सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि अन्य दुईजना घाइते भएको प्रहरीले जनाएको छ ।
आलमबाट विर्घातर्फ जाँदै गरेको ट्रली नभएको सिरक-डसना बनाउने मेसिन जोडेको लु ४ त ७८३१ नम्बरको ट्याक्टर पक्की भित्री सडकखण्डमा मंगलबार साँझ करिब ७ : ४५ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
दुर्घटनामा परि मृत्यु हुनेमा बारा जिल्ला गढीमाई नगरपालिका -११ का अन्दाजी २२ वर्षीय सब्दुल अन्सारी रहेका छन् । ट्याक्टरले च्यापेको अवस्थामा अन्सारीलाई उद्दार गरि उपचारका लागि मिर्मी स्थित कालीगण्डकी अस्पताल पठाइएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिए ।
ट्याक्टर अनियन्त्रित भई सडक देखि करिब ४० मिटर तल खस्दा दुर्घटना भएको निरीक्षक श्रेष्ठले बताए । उनले दुर्घटनामा परि ट्याक्टरमा सवार अन्य दुईजना समेत घाइते भएको बताए ।
बारा कलैया उपमहानगरपालिका वडा नं. -१० बस्ने २४ वर्षीय अर्जुन शाह र बारा गढीमाई नगरपालिका वडा नं.-११ बस्ने अन्दाजी २६ वर्षीय सलाम मुदिन मन्सुरी दुर्घटनामा परि घाइते भएका हुन् । घाइते दुवैको टाउको र शरिरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । उनीहरूको मिर्मी कालीगण्डकी अस्पतालमा सामान्य उपचार पश्चात् थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास, पाल्पा रिफर गरिएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए ।
दुर्घटनामा बारा गढीमाई न.पा.-११ बस्ने १४ वर्षीय सिकन्दर यादव सकुशल रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । ट्याक्टर चालक गुल्मी कालीगण्डकी गाउँपालिका -२ अर्बेनी बस्ने २६ वर्षीय सन्दिप वि.क. दुर्घटना पश्चात् फरार रहेको र उनको खोजतलास भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।
सम्बन्धित खबर
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार
स्याङ्जा कारागारका १७ कैदीले मतदान गर्ने
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला