पोखरामा हुने दोस्रो संस्करणको नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस प्रतियोगितामा भाग लिन चिनियाँ टोली विमान चार्टर गरेर शुक्रबार विहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएको छ ।
फेवातालमा पुस १४ र १५ मा हुने दोस्रो अन्तर्राष्ट्रिय ड्रागन बोट रेसमा सहभागी हुने १ सय २६ जनाको चिनियाँ टोलीलाई लिएर विमान आएको हो । चीनको छेङ्दुबाट सिचुवान एयरलाइन्सको जहाज पोखरामा सिचुवानको यो तेस्रो चार्टर उडान हो ।

पोखरा अवतरण गरेपछि सो विमान एक घण्टा पोखरामा बसी काठमाडाैं उड्दैछ । १०:५० बजे सोही विमानमा गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालको नेतृत्वमा पर्यटन व्यवसायी, उद्योगी पत्रकार लगायत एक सय २६ जना प्रवर्द्धनात्मक उडान गर्दै काठमाडाैं जाँदैछन् ।
२ वर्षदेखि सञ्चालमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीन, भारत, भुटानबाट चार्टर्ड उडान भएको छ । नियमित अन्तर्राष्ट्रिय उडान भने हुन सकेको छैन ।
पोखरामा यसअघि पहिलोपटक ६ असार ०८० मा चीनको छेन्दु विमानस्थलबाट आएको सिचुवानको न्यारोबडी ए३१९ विमानले चार्टर उडानमार्फत पहिलो अन्तर्राष्ट्रिय उडान भरेको थियो । २३ भदौ ०८० मा भुटानको ‘ड्रुक एयर’ले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर उडानसँगै पोखराबाट पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान गरेको थियो ।
पारोबाट चालकदलका सात र तीन पर्यटकसहित १० जना लिएर आएको विमानले पोखराबाट ४२ यात्रु र चालक दलका सात गरी ४९ जना लिएर थिम्पुका लागि उडान भरेको थियो, जुन पोखराबाट भएको पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान हो ।
त्यसपछि २२ कात्तिक ०८० मा चिनियाँ जनमुक्ति सेनाका दुई कार्गाे विमानले पोखरामा क्रमशः तेस्रो र चौथो चार्टर उडान गरेका थिए, ७ मंसिर ०८० मा चीनको कुनमिङ सहरबाट हिमालय एयरलाइन्सको विमानले, २२ कात्तिक ०८१ मा चीनको सिचुवान एयरलाइन्सले पोखरामा छैटौँ, १३ मंसिरमा भारतको दिल्ली विमानस्थलबाट निजी विमान जेल एयरले साताैँ चार्टर उडान गरेको थियो । भारतबाट आएको यो पहिलो उडानसमेत हो ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन