पोखरा । आईतबार दिउँसो कालोमोसो दलिएका पोखरा ८ सिर्जनाचोक स्थित फिस्टेल सेक्युरिटी सर्भिस प्रालिका प्रबन्ध निर्देशक रस बहादुर गुरुङले लक्की मेनपावर आफूले अहिले सञ्चालन नगरेको जनाएका छन् ।
आईतबार दिउँसो साढे २ बजे कार्यालयमै रहेको अवस्थामा विप्लव नेतृत्वको नेकपाको सहायक संगठन योङ रेड फोर्सका कार्यकर्ताले गुरुङलाई अवैध मेनपावर सञ्चालन गरेको भन्दै कालोमोसो दलेर कार्यालयमा तालाबन्दी गरी पर्चा टाँसेर भागेका थिए ।
गुरुङले लक्की मेनपावर आफूले अहिले सञ्चालन नगर्ने बताउँदै सेक्युरिटी सर्भिस मात्र सञ्चालन गर्ने दाबी गरे । उनले प्रेस विज्ञप्ती जारी गर्दै रेड फोर्सले लगाएको पाँच वटै आरोपको पाँच बुदामा नै खण्डन गरेका छन् ।
विना इजाजत मेनपावर संचालन नगरेको भन्दै उनले आफ्नो सेक्युरिटी सर्भिस प्रालि नेपाल सरकारबाट इजाजत दर्ता नम्बर १५४१६÷०७३÷७४ मा दर्ता गरी सञ्चालनमा रहेको बताएका छन् । यस्तै, सेक्युरिटी कम्पनीको नामबाट मेनपावर सञ्चालन नगरेको, कुनै पनि युवालाई विदेशमा अलपत्र नपारेको, कुनै पनि महिलालाई भारतको बाटो हुँदै विदेश नपठाएको र पठाएका युवाहरु कुनै पनि समयावधि पूरा नगरी नेपाल नफर्किएको विज्ञप्तीमा उललेख गरेका छन् ।
उनले यस विपरितका कार्यहरु भएको भन्ने कहिँकतैबाट सप्रमाण उजुरी आई प्रमाणित भएमा कानुन बमोजिम सजाय भोग्न तयार रहेको पनि बताएका छन् ।
सञ्चालक गुरुङले २०७१ साल भदौ १५ गते वैदेशिक रोजगार विभागबाट लक्की एचआर सोलुसन प्रालि एजेन्टका रुपमा नियुक्ति भएपनि २०७३ असार ८ गतेदेखि एजेन्ट बदर गरेको जनाए ।

सम्बन्धित समाचार
सम्बन्धित खबर
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए