पोखरा १६ बाटुलेचौरका ८४ वर्षका फौदबहादुर बस्नेत क्षेत्रीलाई साइकल सिटी पोखराले सातौं टुर दि पोखराको अवसरमा सम्मान गरेको छ ।
स्वास्थ्य, वातावरण र पर्यटन प्रर्वद्धनका लागि साइकल भन्ने मूलनारासहित साइकल सिटी पोखराले शनिबार आयोजना गरेको साइकल र्यालीको अवसरमा बस्नेतलाई यो उमेरसम्म पनि निरन्तर साइकल चलाउँदै आएकोमा सम्मान गरेको हो ।
६३ वर्षदेखि लगातार साइकलमै यात्रा गर्दै आइरहेका बस्नेतले अहिले २६ वर्ष अघि किनेको साइकल चलाउँदै आएका छन् । ८० वर्षको उमेरमा गोडामा समस्या भएपनि चौरासी पूजा गरिसक्दासमेत उनमा साइकलप्रतिको मोह घटेको छैन ।
भारतमा ३५ वर्ष साइकल कम्पनीमा सेवा गरेका बस्नेत त्यसअघि नेपाल आर्मीमा रहँदा २०१७ सालदेखि नै साइकल चलाउन थालेका थिए ।
फौदबहादुरको साइकलप्रतिको मोहको कदर गर्दै साइकल सिटी पोखराल सम्मान गरेको साइकल सिटी पोखराका अध्यक्ष श्यामकृष्ण श्रेष्ठले बताए ।
उनलाई गण्डकी प्रदेशका सामाजिक विकास तथा खेलकुद मन्त्री विन्दुकुमार थापा, प्रमुख प्रायोजक घरपझोङ गाउँपालिका, मुस्ताङका अध्यक्ष मोहनसिंह लालचनले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।
पोखरामा आयोजित ७ औं ‘टुर दी पोखरा साइक्लिङ र्यालीमा काठमाडांै, भक्तपुर, ललितपुर, स्याङ्जा, मुस्ताङ, पोखरासहित केही विदेशीको समेत सहभागिता रहेको जनाइएको छ ।
¥यालीमा करिव ५ सय बढी साईकलिस्टले स्वास्थ्य, वातावरण र पर्यटन प्रर्वद्धनात्मक सन्देशसहित पोखरा बजार परिक्रम ग¥यो ।
पोखरा सभागृह चोकबाट सुरु भएको टुर दि पोखरा साइकल र्यालीले पृथ्वीचोक, अमरसिंह चोक, रामबजार, महेन्द्रपुल, बगर, जिरो किलोमिटर, सृजनाचोक हुँदै पुनः सभागृह चोकमा पुगेर अन्त्य भएको थियो । र्याली अघि साइक्लिङ विधामा योगदान दिएका बस्नेतसहितका विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको हो ।



सम्बन्धित खबर
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’
प्रतिभा माविमा बिजनेस प्लानसम्बन्धी प्रस्तुती
पोखरा जेसीजको अध्यक्षमा सुमन पहारी विजयी
न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
पोखरामा मधुमेह दिवस मनाइयो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’