पोखरा १६ बाटुलेचौरका ८४ वर्षका फौदबहादुर बस्नेत क्षेत्रीलाई साइकल सिटी पोखराले सातौं टुर दि पोखराको अवसरमा सम्मान गरेको छ ।
स्वास्थ्य, वातावरण र पर्यटन प्रर्वद्धनका लागि साइकल भन्ने मूलनारासहित साइकल सिटी पोखराले शनिबार आयोजना गरेको साइकल र्यालीको अवसरमा बस्नेतलाई यो उमेरसम्म पनि निरन्तर साइकल चलाउँदै आएकोमा सम्मान गरेको हो ।
६३ वर्षदेखि लगातार साइकलमै यात्रा गर्दै आइरहेका बस्नेतले अहिले २६ वर्ष अघि किनेको साइकल चलाउँदै आएका छन् । ८० वर्षको उमेरमा गोडामा समस्या भएपनि चौरासी पूजा गरिसक्दासमेत उनमा साइकलप्रतिको मोह घटेको छैन ।
भारतमा ३५ वर्ष साइकल कम्पनीमा सेवा गरेका बस्नेत त्यसअघि नेपाल आर्मीमा रहँदा २०१७ सालदेखि नै साइकल चलाउन थालेका थिए ।
फौदबहादुरको साइकलप्रतिको मोहको कदर गर्दै साइकल सिटी पोखराल सम्मान गरेको साइकल सिटी पोखराका अध्यक्ष श्यामकृष्ण श्रेष्ठले बताए ।
उनलाई गण्डकी प्रदेशका सामाजिक विकास तथा खेलकुद मन्त्री विन्दुकुमार थापा, प्रमुख प्रायोजक घरपझोङ गाउँपालिका, मुस्ताङका अध्यक्ष मोहनसिंह लालचनले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।
पोखरामा आयोजित ७ औं ‘टुर दी पोखरा साइक्लिङ र्यालीमा काठमाडांै, भक्तपुर, ललितपुर, स्याङ्जा, मुस्ताङ, पोखरासहित केही विदेशीको समेत सहभागिता रहेको जनाइएको छ ।
¥यालीमा करिव ५ सय बढी साईकलिस्टले स्वास्थ्य, वातावरण र पर्यटन प्रर्वद्धनात्मक सन्देशसहित पोखरा बजार परिक्रम ग¥यो ।
पोखरा सभागृह चोकबाट सुरु भएको टुर दि पोखरा साइकल र्यालीले पृथ्वीचोक, अमरसिंह चोक, रामबजार, महेन्द्रपुल, बगर, जिरो किलोमिटर, सृजनाचोक हुँदै पुनः सभागृह चोकमा पुगेर अन्त्य भएको थियो । र्याली अघि साइक्लिङ विधामा योगदान दिएका बस्नेतसहितका विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको हो ।



सम्बन्धित खबर
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
निजी क्षेत्रसँग सहकार्य बढाउँदै पर्यटन प्रवर्द्धन: बोर्ड सदस्य पोखरेल
पिसिएमका विद्यार्थी आचार्यले पाए १२ लाखको उद्यमशीलता अनुदान
पोखरामा शृंखलाबद्ध चोरी: भारतीय प्रत्यक्ष चोरीमा संलग्न, चिनियाँले ‘रेकी’ गर्ने र नेपालीले घर देखाउने
परिवार नियोजन संघ कास्की सभापतिमा पुनः सिग्देल
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
ब्रड पिकको ५,७०० मिटर उचाइमा निम्सदाइको शव भेटियो