पोखरा । निस्सिम थापा फाउन्डेसनको दोस्रो साधारण सभा तथा पहिलो अधिवेशन शनिबार पोखरामा भएको छ ।
कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका प्राध्यापक डा. रामचन्द्र बरालले फाउन्डेसनको प्रगतिमा शुभकामना व्यक्त गर्दै निस्सिम थापाको आकांक्षा र समाजशास्त्रको अध्ययनलाई जोड्दै उदाहरणीय व्यक्तित्वको रूपमा चित्रण गरे ।
कार्यक्रममा एमए सोसियोलोजीमा उत्कृष्ट नतिजा हासिल गरेका विनोदकुमार कार्कीलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ । अन्तर्राष्ट्रियस्तरमा नेपालको नाम राख्न सफल पाइलट अमन थापामगर, तोरण गुरुङ र अन्जन कुँवरलाई पनि उक्त अवसरमा सम्मान गरिएको छ ।
कार्यक्रमको दोस्रो सत्रमा सम्पन्न भएको अधिवेशनबाट सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरिएको छ । फाउन्डेसनको अध्यक्षमा प्रकाश थापा, उपाध्यक्षमा सावित्री थापा मोक्तान, सचिवमा रिता पौडेल, कोषाध्यक्षमा सागर क्षेत्री चयन भए ।
सदस्यमा रुपेश गुरुङ, नेहा श्रेष्ठ, सुरज थापा, राजुबहादुर थापामगर र प्रदीप पौडेल छन् । नयाँ कार्यसमितिलाई बधाई दिँदै अध्यक्ष प्रकाश थापाले सबै सदस्यहरूको सक्रियतामा जोड दिँदै फाउन्डेसनलाई अझ सशक्त बनाउने प्रतिबद्धता जनाएका थिए ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ