पोखरामा अंग्रेजी नयाँ वर्षको सन्दर्भमा हुने नेपालको सबैभन्दा ठूलो सडक महोत्सवमा एकैदिन पाँच जना चर्चित कलाकार र उनीहरुको ब्याण्डले प्रस्तुति दिने भएका छन् ।
‘द इण्ड गेम’ नाम दिएर अंग्रेजी नयाँ वर्ष २०२५ लाई स्वागत गर्न लेकसाइडको बसुन्धरा पार्क/कोमागाने पार्कमा डिसेम्बर ३१ (पुस १६) मा कार्यक्रम हुन लागेको हो । प्रचार नेपाल र स्पेक्स–१४ को आयोजना र आर्बिटरी इभेन्टससँगको सहकार्यमा कार्यक्रम हुने भएको हो ।
पुस १३ देखि १७ सम्म रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेबान)पोखराले २६ औं संस्करणको पोखरा सडक महोत्सव गर्दैछ । नेपालको सबैभन्दा ठूलो स्ट्रीट फेस्टिभलमा देश/विदेशबाट पर्यटकको ओइरो लाग्छ । सडक महोत्सवको सन्दर्भमा हुने ‘द इण्ड गेम’ वर्ष २०२४ को अन्त्यको उत्सवको मुख्य आकर्षण बन्ने आयोजकको विश्वास छ ।
‘द इण्ड गेम’ मा सबिन राई एण्ड फेरोह, पूर्ण राई र दाजु–भाइहरु, र्यापर डोङ, देवेन्द्र बब्लु एण्ड द फिरन्ती, द इन्फ्लेम ब्यान्डजस्ता चर्चित ब्याण्ड र कलाकारहरुको प्रस्तुति रहने आयोजक प्रचार नेपालका सञ्चालक आशिष पुरीले जानकारी दिए ।

चर्चित पोडकास्ट सञ्चालक सञ्जय सिलवाल गुप्ताले यो कार्यक्रम सञ्चालन गर्नेछन् । डिसेम्बर ३१ मा हुने कार्यक्रम संगीत र मनोरञ्जन प्रेमीहरूका लागि अविस्मरणीय अनुभव बन्ने स्पेक्स–१४ का सञ्चालक महेश्वरसिंह भण्डारीले बताए ।
उक्त दिनको कन्सर्टको टिकट डिजिटल वालेट खल्तीमार्फत खरिद गर्न सकिने उनले जानकारी दिए । खल्तीबाट अग्रिम टिकट लिँदा त्यसको मूल्य ७ सय ५० रुपैयाँ पर्नेछ । कार्यक्रम स्थलमा टिकटको मूल्य एक हजार रुपैयाँ पर्ने आयोजकले जनाएको छ ।
कन्सर्टस्थलमा नयाँ वर्ष २०२५ को स्वागत स्वरूप हुने आतसबाजीको अवलोकन, खानाका परिकारको स्वाद लिन र खेलकुद गतिविधिमा सहभागी हुन सकिनेछ ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो