पोखरा, गैहपाटनस्थित पश्चिमाञ्चल माविले नागरिक मौलिक हक र कानुनी व्यवस्था बारे जानाकारी दिनका लागि साक्षरता कार्यक्रम संचालन गरेको छ ।
विद्यालय तहका विद्यार्थीमा कानुनी र मानवअधिकारको बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको विद्यालयले बताएको छ ।
विद्यालयले हरेक वर्ष यस्तै कार्यक्रममार्फत साक्षरता अभियान संचालन गर्दै आएको छ । विद्यालयका प्राचार्य सरोज कोइरालाका अनुसार स्याङजाको त्रिभुवन आदर्श नमूना मािवमा गरिएको कार्यक्रममा पुतलीबजार नगरपालिकाका विभिन्न सामूदायिक र निजी विद्यालयका विद्यार्थी सहभागी थिए ।
कार्यक्रममा पश्चिमाञ्चल माविका कानुन संकायमा अध्ययनरत ११ र १२ कक्षाका विद्यार्थीले कानुनी साक्षरताबारे सहजीकरण गरेका थिए । ‘विद्यालयतहका विद्यार्थीमा मौलिक हक, संघीयताको अभ्यास लगायतबारे जानकारी गराउनका लागि यो कार्यक्रम गरिएको हो,’ कोइरालाले भने, ‘विद्यालयतहमा अध्ययनरत विद्यार्थीमा रहेको अन्योल मेट्नका लागि पनि यस्ता कार्यक्रम प्रभावकारी हुने गरेका छन् ।’
कार्यक्रममा प्रमुख अतिथि स्याङजा जिल्ला अदालतका श्रेस्तेदार भूमिप्रसाद शर्माले विद्यार्थी तहमा पनि कानुनी साक्षरता आवश्यक रहेको बताए । कानुनी अधिकारबारे ज्ञान नहुँदाको अन्योल यस्ता कार्यक्रममार्फत चिर्न सकिने उनले बताए । अधिकारका कुरा विद्यार्थीमार्फत अभिभावकसम्म पनि पु¥याउन सकिने उनले बताए ।
पश्चिमाञ्चल फाउन्डेसनका अध्यक्ष प्राडा. रामनाथ ओझाले हरेक वर्ष गण्डकी प्रदेशका फरकफरक जिल्लामा सचेतनामुलक कार्यक्रम चलाउँदै आएको बताए । ‘विद्यार्थीमा पनि कानुनी साक्षरता आवश्यक छ । कानुनी साक्षरता बिस्तार गर्नका लागि कार्यक्रम गरेको हौ । यसले विद्यार्थीमा पछिल्लो कानुनी अवस्थाबारे जानकारी हुनेछ,’ ओझाले भने ।
त्रिभुवन आदर्श माविका प्रधानाध्यापक मुक्तिप्रसाद रेग्मीले स्कुले विद्यार्थीमा पनि आफना हक अधिकारबारे जानकारी हुनु सकारात्मक रहेको बताए । कार्यक्रममा पुतलीबजार नगरपालिकाका न्यायीक समितिका पदाधिकारी सहभागी थिए ।
समितिका सदस्य सुरेन्द्र केसीले विद्यालय तहमा कानुनी सचेतनाका कार्यक्रम आवश्यक रहेको बताए । पश्चिमाञ्चल माविका सिनियर इन्चार्ज बिजयराज अधिकारीले आगामि वर्ष पनि यस्तै कार्यक्रम लिएर विभिन्न विद्यालयमा जाने बताए ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’