पोखरा महानगरपालिका वडा नम्बर १३ ले साहित्य पर्व २०८१ गर्ने भएको छ ।
वडा अध्यक्ष किरण बरालका अनुसार साहित्य र संस्कृतिलाई प्रोत्साहन गर्न कार्यक्रम गर्न लागिएको हो । पुस २० गते वडा कार्यालय परिसरमा कार्यक्रम हुनेछ ।
‘शब्द आवाज, चेतना र भावना हो । यिन विविधि आयामलाई जीवित बनाउन कार्यक्रम गर्न लागिएको हो,’ संयोजक राजेन्द्र भण्डारीले भने ।
साहित्य पर्वमा डा अभि सुवेदीले वर्तमानले देखेको र भविष्यले खोजेको शीर्षकमा विद्वत् प्रवचन दिने छन् । पोखरा १३ को भौगोलिक इतिहास र वर्तमानबारे राजनीतिक विश्लेषक विश्व सिग्देलले प्रवचन दिने कार्यतालिका छ ।
समाज रुपान्तरणमा साहित्यको भूमिकाबारे साहित्यकार सरुभक्तले धारणा राख्नेछन् । यो सेसनको सहजीकरण समाधान डटकमका सम्पादक भरत कोइरालाले गर्ने छन् । साहित्य पर्वमा लोककवि अलिमियाँका लोकगीत पनि सुनाइनेछ । ५ नारी सर्जकले कविता वाचन गर्ने छन् ।
कवि तीर्थ श्रेष्ठले कविता वाचन गर्ने अर्काे शत्रको सहजीकरण पत्रकार शोभाकान्त सिग्देलले गर्ने छन् । गायिका बाबा राणाको सांगीतिक जीवन आरम्भदेखि हालसम्मका अनुभवबारे प्रकाश पार्ने र गीत गाउन अनुरोध गरिने कार्यक्रम संयोजक भण्डारीले जानकारी दिए ।
कार्यक्रममा कविता, ¥याप गीत, लोकगीतसमेत समेटिने छन् । ‘यो साहित्यिक पर्वबाट स्थानीय र राष्ट्रिय क्षेत्रमा ध्यान आकर्षण गर्ने अपेक्षा राखिएको छ,’ उनले भने । पोखरा १३ का वडाध्यक्ष किरण बरालले आफ्नो पूर्ववत घोषणा र प्रतिवद्धता अनुरुप साहित्य पर्व गर्न लागिएको सुनाए ।
‘म निर्वाचित भएपछि साहित्यिक पर्व गर्ने योजना थियो । साहित्यमार्फत समाजलाई जोड्न सकिन्छ भन्ने लाग्छ,’ उनले भने, ‘यो वडाले धेरै साहित्यकार जन्माएको पनि छ । उहाँहरुलाई पनि सम्मान गर्दै नयाँ पुस्तारलाई ती सबै कुराको जानकारी दिन पर्व गर्न लागिएको हो ।’
सम्बन्धित खबर
जेनेक्समा बिहीबार गेमिङ प्रतियोगिता
लेकसाइडमा भेटिएको शंकास्पद झोलामा भेटेरिनरीको सामान
घरदैलोमा काँग्रेस कार्यकर्ताको उत्साहजनक सहभागिता
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) का विद्यार्थी दीक्षित
पोखरामा रक्सी पिएर स्कुल बस चलाउने ५ चालक प्रहरी नियन्त्रणमा
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’