पोखरा । धादिङ-पोखरा सम्पर्क समाजले सोमबार कास्की नेत्रहीन संघ कास्कीलाई सेतो छडी सहयोग गरेको छ । समाजको १३औँ अधिवेशनबाट निर्वाचित पदाधिकारीको पदस्थापनसँगै पहिलो कार्यक्रमअन्तर्गत सेतो छडी सहयोग गरिएको हो ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २६ का वडा सदस्य सुदीपराज ढुंगानाले सामाजिक क्षेत्रमा समाजले खेलेको भूमिकाको प्रशंसा गरे । धादिङवासीको दुःख, सुखमा आफू सधैँ साथमा रहने उनले प्रतिवद्दता जनाए ।
उनले भने, ’समाजको पहिलो महिला नेतृत्व त्यसमा पनि पुुस १५, तमु ल्होसार, सोमबारे औँशीकै दिन यो पवित्र काममार्फत आफ्नो कार्यकाल शुुरु गर्नुले पनि सरुज्यूको कार्यकाल उत्कृष्ट रहनेमा दुईमत छैन ।’

साथै उनले धादिङवासी विनाको पोखरा अधुरो र अपुरो हुने बताए । उनले थपे, ‘मेरै वडामा आएर राज्यले गर्ने काम समाजले गरेकामा म निकै हर्षित छु, नेत्रहीन संघ र धादिङ समाज पनि लगभग सँगै स्थापना भएको पाइयो, कस्तो मीठो संयोग, तपाईं धादिङवासी विना पोखरा अपुरो र अधुरो हुन्छ ।’
नेत्रहीन संघका श्रीकान्त सापकोटाले धादिङवासीको गुन आफूहरुले कहिल्यै नभुल्ने बताए । सबैको मायाकै कारण संघ अघि बढेको भन्दै उनले संस्था सञ्चालन गर्न अझै चुनौति रहेको उल्लेख गरे ।
धादिङवासी कास्कीका हरेक क्षेत्रमा छरिएर रहेकोले उहाँहरुको हृदय निकै फराकिलो रहेको आफूले पाएको उनले उल्लेख गरे ।
समाजका पूर्वअध्यक्ष कृष्णबहादुर लम्सालले धादिङ समाज र नेत्रहीन संघबीच आगामी दिनमा पनि सहकार्य आवश्यक रहेको बताए ।
समाजका अध्यक्ष सरस्वती श्रेष्ठ सरुले यो सहयोग पूर्ण नभई अभियान मात्र भएको र अभियानले अन्य व्यक्ति तथा संघसंस्थालाई पनि प्रेरणा मिल्ने विश्वास व्यक्त गरिन् ।
उनले भनिन्, ‘सपांग भएका व्यक्तिलाई त यति गारो हुन्छ भने जन्मजात नै नेत्रहीन भएका व्यक्तिलाई कति समस्या होला?, महसुस मात्र गर्न सक्छौं ।’
समाजका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष टीकाबहादुर लम्साल दिनेशले स्वागत र महासचिव प्रकाश दुलालले कार्यक्रम सञ्चालन गरेका थिए ।
उक्त अवसरमा संघमा आवद्ध सदस्यहरुलाई खानासमेत खुवाइएको थियो ।
सम्बन्धित खबर
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो