पोखरा । बुद्ध एयरले पोखरास्थित पोखरा वृद्धाश्रमलाई एक लाख रुपैयाँ सहयोग गरेको छ । साथै, जनकपुरस्थित महागंगा आरती गंगासागरलाई पनि सहयोग गरेको बुद्ध एयरले जनाएको छ ।
उड्ने तरखरमा रहेका जहाजको इमर्जेन्सी ढोका खोल्ने दुई यात्रुले तिरेको क्षतिपूर्ति रकम यी दुई संस्थालाई सहयोग गरिएको हो ।
बुद्ध एयरको पोखरा स्टेशन प्रमुख गौतम बरालले पोखराको सितापाइलास्थित पोखरा वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकको सहयोगका लागि रकम हस्तान्तरण गरे ।
यस्तै, बुद्धका जनकपुर स्टेशन प्रमुख विजयप्रसाद सिंहले जनकपुरस्थित महागंगा आरती गंगासागरलाई हस्तान्तरण गरे । बुधबार पोखराबाट काठमाडौं उड्ने तरखरमा रहेको बुद्ध एयरको एटीआर विमानमा एक यात्रुले बिनाकारण इमर्जेन्सी ढोका खोलेका थिए ।
उडानमा रहेको जहाजको इमर्जेन्सी ढोका कुनै कारणले खुला भए त्यस्तो विमानलाई प्राविधिकले परीक्षण नगरी उडान गर्न मिल्दैन । दिउँसो ३ बजेको उक्त उडान ३ घन्टा ढिलो काठमाडौंका लागि उडेको थियो ।
बिनाकारण इमर्जेन्सी ढोका खोल्ने ती यात्रुलाई बुद्ध एयरले पोखरा क्षेत्रीय विमानस्थलको रोहबरमा प्रहरीलाई बुझाएको थियो ।
हवाई उडानमा खलल पुर्याउने जोसुकैलाई ‘गैरसैनिक हवाई उडान (सिभिल एभिएसन) ऐन, २०१५ ले कसुरको प्रकृतिअनुसार एक देखि तीन वर्षसम्म कैद तथा अपराधको प्रकृति हेरेर जन्मकैदसम्म सजाय तोकेको छ ।
अनाहकमा इमर्जेन्सी ढोका खोल्ने यात्रुले ‘क्षमायाचना गर्दै आगामी दिनमा यस्तो कार्य नगर्ने शर्तमा एक लाख रुपैयाँ क्षतिपूर्ति तिरेका थिए ।
यसैबीच, काठमाडौंबाट जनकपुरका लागि उडेको तर खराब मौसमका कारण असोज १५ गते विराटनगर पुगेको जहाजको पार्किङवेमा एक यात्रुले इमर्जेन्सी ढोका खुला गरेका थिए । उक्त घटनामा पनि ती यात्रुले क्षतिपूर्तिबापत एक लाख रुपैयाँ तिरेका थिए ।
सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’