पोखरा । बुद्ध एयरले पोखरास्थित पोखरा वृद्धाश्रमलाई एक लाख रुपैयाँ सहयोग गरेको छ । साथै, जनकपुरस्थित महागंगा आरती गंगासागरलाई पनि सहयोग गरेको बुद्ध एयरले जनाएको छ ।
उड्ने तरखरमा रहेका जहाजको इमर्जेन्सी ढोका खोल्ने दुई यात्रुले तिरेको क्षतिपूर्ति रकम यी दुई संस्थालाई सहयोग गरिएको हो ।
बुद्ध एयरको पोखरा स्टेशन प्रमुख गौतम बरालले पोखराको सितापाइलास्थित पोखरा वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकको सहयोगका लागि रकम हस्तान्तरण गरे ।
यस्तै, बुद्धका जनकपुर स्टेशन प्रमुख विजयप्रसाद सिंहले जनकपुरस्थित महागंगा आरती गंगासागरलाई हस्तान्तरण गरे । बुधबार पोखराबाट काठमाडौं उड्ने तरखरमा रहेको बुद्ध एयरको एटीआर विमानमा एक यात्रुले बिनाकारण इमर्जेन्सी ढोका खोलेका थिए ।
उडानमा रहेको जहाजको इमर्जेन्सी ढोका कुनै कारणले खुला भए त्यस्तो विमानलाई प्राविधिकले परीक्षण नगरी उडान गर्न मिल्दैन । दिउँसो ३ बजेको उक्त उडान ३ घन्टा ढिलो काठमाडौंका लागि उडेको थियो ।
बिनाकारण इमर्जेन्सी ढोका खोल्ने ती यात्रुलाई बुद्ध एयरले पोखरा क्षेत्रीय विमानस्थलको रोहबरमा प्रहरीलाई बुझाएको थियो ।
हवाई उडानमा खलल पुर्याउने जोसुकैलाई ‘गैरसैनिक हवाई उडान (सिभिल एभिएसन) ऐन, २०१५ ले कसुरको प्रकृतिअनुसार एक देखि तीन वर्षसम्म कैद तथा अपराधको प्रकृति हेरेर जन्मकैदसम्म सजाय तोकेको छ ।
अनाहकमा इमर्जेन्सी ढोका खोल्ने यात्रुले ‘क्षमायाचना गर्दै आगामी दिनमा यस्तो कार्य नगर्ने शर्तमा एक लाख रुपैयाँ क्षतिपूर्ति तिरेका थिए ।
यसैबीच, काठमाडौंबाट जनकपुरका लागि उडेको तर खराब मौसमका कारण असोज १५ गते विराटनगर पुगेको जहाजको पार्किङवेमा एक यात्रुले इमर्जेन्सी ढोका खुला गरेका थिए । उक्त घटनामा पनि ती यात्रुले क्षतिपूर्तिबापत एक लाख रुपैयाँ तिरेका थिए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन