तनहुँ — बन्दीपुर केबलकारको लिग भाँचिएको छ । केबलकारको दुई नम्बर पोलसँगैको भागमा रहेको लिग भाँचिएर डिब्बा लत्रिन पुगेको छ ।
केबलकारको लिग भाँचिएर डिब्बा लत्रिएपछि कम्पनीले मर्मतका लागि भन्दै दुई दिन केबलकार सञ्चालन बन्द गरेको छ ।
लिगको तार चुँडेर तल लत्रिएपछि एउटा डिब्बा भुईँ नजिकै झुन्डिन पुगेको स्थानीयले बताएका छन् । डिब्बा खाली हुँदा मानवीय तथा अन्य भौतिक क्षति हुन पाएन ।
लिग र डिब्बा लत्रिँदा ठूलो आवाज आएको र स्थानीयले के भएछ ? भनी हेर्दा केबलकारको डिब्बा खसेको अवस्थामा भेटेका थिए । केबलकारमा केही समस्या आएकाले प्राविधिकहरू पोलमा चढाएर काम भइरहेको बताइएको छ ।
यस्तै, केबलकारमा समस्या आएपछि आज र भोलि बन्द गरिएको छ । केबलकारको सेवा थप चुस्त र दुरुस्त बनाउन टीयुभी अन्तर्गत केही विद्युतीय प्रणालीमा स्तरोन्नति गर्नुपर्ने भएकाले बन्द गरिएको बन्दीपुर हिलका अध्यक्ष रामचन्द्र शर्माले जानकारी गराएका छन् ।
‘बन्दीपुर हिलले आज सूचना जारी गर्दै यसबाट यात्रु तथा पर्यटकलाई पर्न गएको असुविधा प्रति क्षमा प्रार्थी छौं,’ भनेको छ । स्काइ साइक्लिङ, जिपलाइन सेवा र ड्राइभ इन रेस्टुरेन्टको सेवा भने नियमित रूपमा सञ्चालनमा रहने बन्दीपुर हिलका अध्यक्ष शर्माले बताए ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन