पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १३ ले आयोजना गरेको साहित्य पर्व २०८१ विभिन्न साहित्यिक गतिविधि गर्दै सकिएको छ ।
पोखरा महानगरपालिकामा नै पहिलो पटक साहित्य र संस्कृतिलाई प्रोत्साहन गर्न आयोजना गरिएको कार्यक्रममा साहित्य संवाद, कविता, गीत, चित्रकला प्रदर्शनी गर्दैै सकिएको हो । ३३ वटा वडा रहेको पोखरा महानगरपालिकामा १३ नम्बर वडाले यो प्रयास थालेको हो ।
डा. अभि सुवेदीले वर्तमानले देखेको र भविष्यले खोजेको शीर्षकमा विद्वत् प्रवचन दिएर सुरु भएको ‘साहित्य पर्व २०८१’ बाबा राणाको गीतसँगै सकिएको थियो । ‘जब शब्दहरु जीवनका रंगहरु बन्छन्…’ नारासहित सुरु भएको कार्यक्रममा प्रमुख वक्ता डा. अभि सुवेदीले पोखरा १३ मा जन्मिएका लोककवि स्व. अलि मियाँ र कास्कीका पहिलो पत्रकार जगन्नाथ सिग्देललगायतलाई सम्बोधनमै सम्झिएका थिए ।
डा. सुवेदीले राणाकालिन समयको साहित्य र भविष्यमा हुन सक्ने आर्टिफिसियल ईन्टेलिजेन्ससम्मका विषय उठान गरे । पछिल्लो समय साहित्य र नेपाली राजनीतिको कुनै आकार नभएको विषय पनि डा. सुवेदीले उठाएका थिए । राजनीतिक भविष्यले पनि साहित्यलाई सिधैं असर पार्ने उनको तर्क थियो । भविष्यले चूनौति र समस्या दिने भएकाले त्यसलाई चिरेर अघि बढनु अर्को चूनौति रहेको उनले बताए । ‘राजनीतिज्ञहरुमा साहित्य प्रतिको चाख बढि भयो भने त्यो खतरनाक हुन्छ,’ उनले भने ।
कार्यक्रमको पहिलो सेसनमा ‘समाज रुपान्तरणमा साहित्यको भूमिका’ विषयमा साहित्यकार सरुभक्तसँग पत्रकार भरत कोइरालाले भलाकुसारी गरेका थिए । उनीहरुले समाज परिवर्तनका लागि गीतm गजल, कविता, कथा जस्ता साहित्यका विधाले खेल्ने भूमिकाका बारेमा चर्चा गरेका थिए ।

‘वडा नम्बर १३ इतिहास, वर्तमान र भविष्य’ विषयमा पत्रकार प्रकाश ढकाल र विश्व सिग्देलले छलफल गरेका थिए । नारी स्वरहरुको सेसन साहित्यकार सरस्वती श्रेष्ठले सञ्चालन गरेकी थिइन् । जसमा काजल पराजुली, रजनी परियारलगायतले कविता वाचन र गायिका सलोमी गुरुङले गीत प्रस्तुत गरेकी थिइन् ।
‘लोककवि अलिमियाँका लोकगीत तथा तीर्थ श्रेष्ठका केही कविता’ शिर्षकमा पत्रकार शोभाकान्त सिग्देलले तीर्थ श्रेष्ठसँग बसेर स्व. मियाँलाई सम्झेका थिए । भने, अन्तिम सेसनमा पत्रकार दुर्गा अधिकारीले बाबा राणासँग ‘बाबा राणाको सांगितिक जीवनको यात्राँसँगको संवाद गरेका गरेकी थिइन् ।
कार्यक्रममा साहित्यिक गतिविधिसँगै ¥याप गीत, लोकगीतसमेत समेटिएको थियो । कार्यक्रमस्थल नजिकै वडाभित्रका कलाकारहरुको चित्रकला प्रदर्शनी पनि गरिएको थियो ।
पोखरा १३ का वडाध्यक्ष किरण बरालले आफ्नो पूर्ववत घोषणा र प्रतिवद्धता अनुरुप साहित्य पर्व गर्न गरिएको सुनाए । अर्को वर्ष यस कार्यक्रमलाई अझ राम्रो ढंगबाट निरन्तरता दिने उनले बताए ।
कार्यक्रम संयोजक राजेन्द्र भण्डारीले पोखरा १३ को कार्यक्रमको सिको अरु वडाले पनि गर्नुपर्ने बताएका थिए । आगामी दिनमा अन्य वडामा पनि यस किसिमको साहित्यिक कार्यक्रम गर्दै जानुपर्नेमा उनको जोड थियो ।
सम्बन्धित खबर
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
वालिङमा नयाँ वर्षलाई लक्षित गर्दै ‘फर्स्ट एक्स्पो’ हुँदै
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर