भीरकोट नगरपालिका -१ बयरघारी स्थित भीरकोट खेलमैदान नजिकै भुसाल इन्टरप्राइजेज प्रालिको नाममा रहेको क्रसरमा लगाइएको शिलबन्दी खुलाइएको छ ।
गत १ असारमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाले उक्त क्रसर शिलबन्दी गरेको थियो । भुसाल इन्टरप्राइजेजको नाममा दर्ता भएतापनी क्रसर सम्बन्धी कार्यमा अनुमती नलिएको/दर्ता नभएको पाइएको भन्दै गत असार महिनामा क्रसरलाई शिलबन्दी गरिएको थियो ।
शुक्रबार मात्रै क्रसरमा लगाइएको शिलबन्दी खुलाइएको छ । भीरकोटमा संचालित शहरी विकास मन्त्रालयको एक आयोजनाका लागि भनेर २० महिनासम्म निर्माण सामाग्री उपलब्ध गराउने गरि अस्थायी अनुमती दिँदै शिलबन्दी खुलाइएको सहायक प्रजिअ दीपक पौडेलले जानकारी दिए ।
संघीय शहरी विकास तथा भवन विकास कार्यालय पोखराको गत असार ६ गते सम्झौता भएको योजनाको लागि निर्माण सामाग्री आवश्यक भएकोले इन्जिनियर अच्युत पौडेलले सहजीकरणको लागि यहि पुस ४ गते नगरपालिकालाई सिफारिस गरेका थिए । योजनाको लागि दुई हजार ३०५ घनमिटर ढुङ्गाको काम, १४१ घनमिटर आरसीसी काम, दुई हजार ४३ घनमिटर बेस र तीन हजार १८० घनमिटर सब बेसको लागि सामाग्री आवश्यक रहेको इन्जिनियर पौडेलले बताए ।
सोही पत्रको आधारमा प्रशासन र नगरपालिकाले उक्त क्रसरलाई २० महिनाको लागि मात्र अस्थायी अनुमती दिएर शिलबन्दी खुलाइएको सहायक प्रजिअ पौडेलले बताए । सहायक प्रजिअ पौडेलले यदि क्रसरबाट ठेक्काको कामबाहेक अन्यत्र ठाउँमा सामाग्री बिक्रीवितरण गरेको पाइएमा फेरि शिलबन्दी र कारबाही गरिने बताए ।
सम्बन्धित खबर
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
दरौंखोला र गड्यौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’