भीरकोट नगरपालिका -१ बयरघारी स्थित भीरकोट खेलमैदान नजिकै भुसाल इन्टरप्राइजेज प्रालिको नाममा रहेको क्रसरमा लगाइएको शिलबन्दी खुलाइएको छ ।
गत १ असारमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाले उक्त क्रसर शिलबन्दी गरेको थियो । भुसाल इन्टरप्राइजेजको नाममा दर्ता भएतापनी क्रसर सम्बन्धी कार्यमा अनुमती नलिएको/दर्ता नभएको पाइएको भन्दै गत असार महिनामा क्रसरलाई शिलबन्दी गरिएको थियो ।
शुक्रबार मात्रै क्रसरमा लगाइएको शिलबन्दी खुलाइएको छ । भीरकोटमा संचालित शहरी विकास मन्त्रालयको एक आयोजनाका लागि भनेर २० महिनासम्म निर्माण सामाग्री उपलब्ध गराउने गरि अस्थायी अनुमती दिँदै शिलबन्दी खुलाइएको सहायक प्रजिअ दीपक पौडेलले जानकारी दिए ।
संघीय शहरी विकास तथा भवन विकास कार्यालय पोखराको गत असार ६ गते सम्झौता भएको योजनाको लागि निर्माण सामाग्री आवश्यक भएकोले इन्जिनियर अच्युत पौडेलले सहजीकरणको लागि यहि पुस ४ गते नगरपालिकालाई सिफारिस गरेका थिए । योजनाको लागि दुई हजार ३०५ घनमिटर ढुङ्गाको काम, १४१ घनमिटर आरसीसी काम, दुई हजार ४३ घनमिटर बेस र तीन हजार १८० घनमिटर सब बेसको लागि सामाग्री आवश्यक रहेको इन्जिनियर पौडेलले बताए ।
सोही पत्रको आधारमा प्रशासन र नगरपालिकाले उक्त क्रसरलाई २० महिनाको लागि मात्र अस्थायी अनुमती दिएर शिलबन्दी खुलाइएको सहायक प्रजिअ पौडेलले बताए । सहायक प्रजिअ पौडेलले यदि क्रसरबाट ठेक्काको कामबाहेक अन्यत्र ठाउँमा सामाग्री बिक्रीवितरण गरेको पाइएमा फेरि शिलबन्दी र कारबाही गरिने बताए ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
रास्वपा स्याङ्जामा नेतृत्व चयन, सभापतिमा पुनः रुक्मागत भण्डारी
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु