स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघले आगामी फागुन ६ गतेदेखि १८ गतेसम्म आयोजना गर्न लागेको सातौं स्याङ्जा महोत्सव -२०८१ लाई सफल बनाउन सोमबार सचिवालयको उद्घाटन गरेको छ ।
स्याङ्जामा हुने प्रदेश स्तरीय सातौं कृषि, पर्यटन, औद्योगिक व्यापार मेला एवं स्याङ्जा महोत्सवको सचिवालय संघका पूर्व केन्द्रिय सदस्य तथा जिल्लाका पूर्व अध्यक्ष दीपक लम्सालले दीप प्रज्वलन गरेर उद्घाटन गरेका हुन् ।
संघकै भवनमा रहेको महोत्सवको सचिवालय उद्घाटन गर्दै लम्सालले स्थानीय उत्पादनको व्यापार वृद्धि तथा कृषि र पर्यटनलाई प्रवर्द्धन गर्दै आर्थिक समृद्धिका लागि आयोजित महोत्सव सफल पार्न सक्रियतापूर्वक सहयोग गरिदिन उद्योगी, व्यवसायी, प्रहरी, प्रशासन, पत्रकार एवं नागरिक समाजलाई आग्रह गरे ।
यसैबीच, महोत्सवको तयारी तीव्र पारिएको बताउँदै महोत्सवको सन्दर्भमा उद्योग वाणिज्य संघ स्याङ्जाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे, प्रतिनिधिसभा सदस्य राजु थापा, नेपाल सरकारका मुख्य सचिव एक नारायण अर्याल, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह सचिव इन्दु घिमिरे, नेपाल पर्यटन बोर्डका प्रमुख दिपकराज जोशी, नेपाल बैंक लिमिटेडका सिइओ तिलकराज पाण्डे, मुक्तिनाथ विकास बैंकका एडिसिइओ तिल बहादुर गुरुङ र बैंकका कम्पनी सचिव डण्डपाणी ढकाल, नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्षलगायतका व्यक्ति तथा सरोकारवाला निकायहरूसंग भेटी छलफलसहित महोत्सवको प्रस्तावना पत्र बुझाइएको जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक महादेव श्रेष्ठले जानकारी दिए ।
जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक महादेव श्रेष्ठको अध्यक्षतामा, संघका पदाधिकारी, कार्यसमिती सदस्यलगायत उद्योगी, व्यवसायीहरुको सहभागितामा सचिवालय उद्घाटन कार्यक्रमको संचालन संघका महासचिव रविन केसीले गरेका थिए ।
महोत्सवलाई सफल बनाउन प्रचारप्रसार अभियानलाई तीव्रता दिइएको महासचिव तथा प्रचारप्रसार समितिका संयोजक केसीले जानकारी दिए । केसीका अनुसार महोत्सवका बारे जानकारी गराउन जिङ्गल, पर्चा, पम्प्लेटजस्ता प्रचारप्रसारका सामाग्री तयार भइरहेको छ ।
सम्बन्धित खबर
दुई प्रदेश जोड्ने राम्दी पुल निर्माण अन्तिम चरणमा
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
स्याङ्जामा सबै उम्मेदवारले बुझाए चुनावी खर्च विवरण
चापाकोटमा आजदेखि भर्ना अभियान, १४ गतेबाट कक्षा सञ्चालन
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा