पोखरा महानगरपालिका वडा नं. २३ स्थित बाम्दीमा संचालित गत वर्ष सञ्चालित ‘पोखरा मोटो-ईन्डुरो क्रस च्याम्पियनसीप-२०२४’को विजेतालाई पुरस्कार रकम नै नदिएपछि प्रतियोगिताको नाममा ठगी गरिएको पाइएको छ।
गएको वर्ष चैत २३ र २४ गते संचालित उक्त च्याम्पियनशीपमा प्रथम भएको समूहलाई पुरस्कार बापतको एक लाख ५० हजार रुपियाँ नदिएको आरोपमा प्रहरीले पोखरा राइडर्स क्लबका अध्यक्ष सोनिक क्षेत्री समेत दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।
पोखरा महानगरपालिका वडा नं. ५ पर्स्याङ निवासी वर्ष २९ को क्षेत्रीको साथमा उक्त च्याम्पियनशीपका संचालक तथा निर्देशक अछामको सिउडी गाउपालिका वडा नं. १ स्थायी वतन भई हाल पोखरा ६ जरेबर बस्ने वर्ष ३१ को जगत डोलीलाई पनि पक्राउ गरिएको प्रहरीले बताएको छ।
पोखराको लेकसाइडबाट पक्राउ परेका उनीहरु विरूद्ध कास्की जिल्ला अदालतबाट ठगी सम्बन्धी कसूरमा सात दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
च्याम्पियनशीपमा सहभागी हुन समूह दर्ता शुल्क बापत १७ हजार लिएका थिए । विजेतालाई पैसा दिनुको सट्टा लुकिछिपी हिँडेपछि प्रहरीमा उजुरी परेको थियो ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो