बागलुङ जिल्लामा विकास निर्माणका काम सम्पन्न भएमा नेताहरुमा आफूले जस लिने होडबाजी सुरू हुन्छ भन्दा अत्युक्ति नहोला । तर, काम पूरा नहुँदा वा जुन बखत नेतृत्वको खाँचो रहन्छ, त्यतिबेला भने जति पहलकदमी लिनुपर्ने हो, त्यो भएको पाइँदैन ।
संघीय सांसद चित्रबहादुर केसी, प्रत्यक्ष निर्वाचित प्रदेश सांसद डिल्लीराम सुवेदी र हाल गण्डकीका स्वास्थ्यमन्त्रीसमेत रहेका समानुपातिक सांसद कृष्णप्रसाद पाठक र अर्का समानुपातिक सांसद लिल बहादुर थापा मगर रहेकै क्षेत्रमा जम्मा १० किलोमिटर सडक ५ वर्षसम्म कालोपत्रे नहुँदा जनता नै जाग्न बाध्य बनेका छन् ।
जिल्लाको कुश्मिसेरादेखि राङ्खानी नाम्दुकसम्मको १० किलोमिटर सडक चार पटकसम्म म्याद थप गर्दासमेत कालोपत्रे नभएपछि स्थानीय आन्दोलनमै उत्रन बाध्य बनेका हुन् ।
बागलुङको कुश्मिसेरादेखि राङखानी, नान्दुक बरेङ हुँदै गुल्मी शान्तिपुर सडकखण्ड अन्तगत जैमिनी नगरपालिका वडा नं. १ कुश्मिसेरादेखि वडा नं. १० राङ्खानी नाम्दुकसम्मको १० किलोमिटर सडक स्तरोन्नतिको काम ठेकेदार कम्पनीको लापरबाहीले सम्पन्न हुन सकेको छैन ।
ठेकेदार कम्पनी शर्मा क्याराभान जे.भी. कम्पनीले चौथो पटक समय पाउँदासमेत पाँच वर्षमा पनि काम नगरेकाले स्थानीय आन्दोलनमा उत्रिन बाध्य बनेका हुन् ।
स्थानिय काँग्रेस नेता भीम श्रीषको नेतृत्वमा संघर्ष समिति गठन गरी सोमबारदेखि सर्वसाधारणले कालो ब्यानरका साथ आन्दोलनमा उत्रिएका हुन् । स्थानिय सरकारदेखि पूर्वाधार विकास कार्यालय हुँदै गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालयबाट दबाब दिँदा समेत निर्माण व्यवसायी चन्द्र थकालीले काम नगरेकाले आन्दोलनमा उत्रन बाध्य बनेको संयोजक श्रीष बताउँछन् । म्याद आगामी चैतसम्म भएपनि अब तीन महिनामा काम सक्न मुस्किल देखेकाले अब दबाब स्वरुप आन्दोलनमा उत्रन विकल्प नभएको उनको भनाई छ ।

संघर्ष समिति पोखरा नै आई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई पनि ज्ञापन पत्र बुझाउँदै काम सक्नका लागि ध्यानकर्षण गराएको थियो ।
तर, ठेकेदार गम्भीर नबनेपछि थप दबाबका लागि पूर्वाधार विकास कार्यालय नै घेराउ गर्ने अवस्थामा पुगेको उनको भनाई छ । निर्माण व्यवसायी थकाली सम्पर्कमै नआई प्रतिनिधि पठाएका छन् । तर, काम सुरु नभएको स्थानीय बताउँछन् ।
पूर्वाधार विकास कार्यालय बागलुङका अनुसार उक्त सडक कालोपत्रे गरी स्तरोन्नति गर्न २०७६ असोज २७ गते सम्झौता भएको थियो । दुई बर्षमा काम सक्नेगरी सम्झौता भएकोमा काम नभएपछि पटक पटक गरी चौथो पटक म्याद थप्दासम्म ५७.२० प्रतिशत भौतिक र ५६ प्रतिशत वित्तिय प्रगति भएको बताइन्छ ।
संघर्ष समितिले आन्दोलनका कार्यक्रम गर्न थालेपछि निर्माण कम्पनीका प्रतिनिधि तेजराज शाहीले भने माघको पहिलो सातादेखि द्रुत गतिमा काम गर्ने आश्वासन दिएका छन् ।
सम्बन्धित खबर
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
स्याङ्जा–२ मा झविलाल डुम्रेको चुनावी प्रतिबद्धता सार्वजनिक, सुशासनदेखि कृषि र पूर्वाधारसम्म प्राथमिकता
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस