स्याङ्जामा नेतृत्वकला तथा सञ्चार सीप तालिम कार्यशाला सुरु भएको छ । पाँच दिनसम्म चल्ने तालिमको सुर्योदय क्लब स्याङ्जा र गैर सरकारी संस्था महासंघ, स्याङ्जाले संयुक्त आयोजना तथा विकल्प ट्रेनिङ सेन्टर पोखराले सहजीकरण गरेको हो ।
तालिमका सहजकर्ता गर्दै विकल्प तालिम केन्द्रका अध्यक्ष रामचन्द्र शर्माले हरेक मानिसका लागि नेतृत्व गर्ने क्षमता र सञ्चार सीप तथा बोल्ने कलाले उसको व्यक्तित्व निर्धारण गर्ने बताए । सञ्चार सीपको विकासले मानिसको दैनिकीमा सकारात्मक प्रभाव पार्ने अध्यक्ष शर्माको भनाइ थियो ।
सुर्योदय क्लब स्याङ्जाका अध्यक्ष अनन्त कुमार श्रेष्ठको अध्यक्षतामा भएको तालिम सुभारम्भ कार्यक्रममा गैर सरकारी संस्था महासंघ, स्याङ्जाका अध्यक्ष गोविन्दप्रसाद शर्माले स्वागत गरेका थिए भने कार्यक्रम सञ्चालन सुर्योदय क्लबका सचिव एकबहादुर गोदार (रमेश) ले गरेका थिए ।
पुतलीबजार नगरपालिका -३ स्थित सहयात्री पार्टी प्यालेसमा बुधबारदेखि आइतबारसम्म सञ्चालन हुने तालिममा जिल्लाका गैर सरकारी संस्था, सहकारी, सामुदायिक वनलगायतका क्षेत्रमा कार्यरत २५ जनाको सहभागिता रहेको छ ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा