गण्डकी प्रदेश स्तरीय प्रधानमन्त्री कप महिला टी–२० क्रीकेट छनौट प्रतियोगितामा स्याङ्जा विजयी भएको छ । बिहीबार सम्पन्न फाइनल खेलमा घरेलु टोलि कास्कीलाई ८ विकेटले पराजित गर्दै स्याङ्जा विजयी बनेको हो ।
पोखरा अन्तर्राष्ट्रिय क्रीकेट स्टेडियममा भएको फाइनल खेलमा स्याङ्जाले पाएको ११४ रनको लक्ष्य १९.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको थियो ।
स्याङ्जाका लागि श्रेया शाहले ४५ रन बनाएकी थिइन् । शाहले ५६ बलमा चार चौका प्रहार गरिन् । उनी विपक्षी खेलाडीको बलमा बोल्ड भइन् । नटआउट रहँदै सलिना सेनले ४९ बलमा ३९ रन जोडेकी थिइन् । उनले चार चौका प्रहार गरेकी थिइन् । यस्तै, एक चौका प्रहार गर्दै निरु जिटि तीन बलमा ६ रन ल्याएर नटआउट रहिन् । स्याङ्जाका लागि जेनिशा खत्रीले ४ रन जोडेकी थिइन् ।
स्याङ्जाबाट यस प्रतियोगितामा फाइनल खेलको म्यान अफ द म्याच श्रेया शाह बनेकी थिइन् भने अपेक्षा बुढाथोकी उत्कृष्ट बलर बनिन् ।
विजेता टिम तथा खेलाडीलाई प्रदेश खेलकुदका कार्यकारी सदस्य ऋषिराम गौतम, प्रदेश क्रीकेट संघका उपाध्यक्ष प्रकाश पौडेल, कोषाध्यक्ष दिवाकर थापा, सदस्य विद्या भट्टराईलगायतले पुरस्कार वितरण गरेका थिए ।
गण्डकी प्रादेशिक क्रीकेट संघको आयोजना पुस २२ गतेदेखि पोखरा रंगशालामा सुरु भएको प्रतियोगितामा प्रदेशका ४ टोलि स्याङ्जा, कास्की, पर्वत र नवलपुर क्रीकेट संघको सहभागिता रहेको थियो । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रीकेट प्रतियोगिता –२०८१ यही माघ १ गतेदेखि धनगढीमा हुँदैछ ।
सम्बन्धित खबर
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो