पोखरा १५ मा बृहत् खेलकुद महोत्सवः खेल तालिका सार्वजनिक, तयारी अन्तिम चरणमा

खेलकुद

पोखरा १५ मा बृहत् खेलकुद महोत्सवः खेल तालिका सार्वजनिक, तयारी अन्तिम चरणमा

कुन खेल कहाँ, कति बजे र कुन टीमबीच हुँदैछ ?

pokhara 15 kheltalika

पोखरा वडा नं. १५ कार्यालयले यही माघ २ गते, बुधबारदेखि आयोजना गर्ने बृहत खेलकुद महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।

महोत्सव संयोजक तथा वडा सदस्य आशिष भण्डारीका अनुसार महोत्सवमा हुने प्रयोगिताका सबै खेलहरूको खेलतालिका सावर्जनिक गरिउको छ । कुन खेल कुन स्थानमा, कति बजेदेखि र कुन कुन टोलीबीच प्रतिष्पर्धा हुने ? २ दिन अघि नै सार्वजनिक गरिएको हो ।

अघिल्ला दुई महोत्सवभन्दा थप परिस्कृत र भव्य रूपमा सम्पन्न गर्ने गरी तयारी गरिएको वडा अध्यक्ष तोरणबहादुर बानियाँले जानकारी दिएका छन् ।

हेर्नुहोस् खेलतालिका: 

फुटबल

स्कुल फुटबल

भलिबल

युनी हक्की

रस्साकस्सी   

ब्याडमिन्टन

अन्य खेलहरूः 

वडाध्यक्ष बानियाँले वड़ा खेलकुद महोत्सवको अवधारणा अनुरुप स्थानीय तहमा खेलकुदको माध्यमवाट समुदायको सर्वांङ्गिण विकास गर्न केन्द्रित रही महोत्सवलाई निरन्तरता दिइएको बताए । उनले यस्ता गरिमाामय संघसंस्थाको सहयोगबाट वडा उत्साहित बनेको र आफूहरुको अभियानलाई अघि बढाउन मद्धत पुग्ने बताए ।

वडा कार्यालयले आयोजना गरेको खेलकुद महोत्सवको यो तेस्रो संस्करण हो । माघ ६ गतेसम्म पाँच दिन चल्ने प्रतियोगितामा फुटबल, भलिबल, ब्याडमिन्टन, ह्वीलचेयर क्रिकेट, रस्साकसी, दौड, साइक्लिङ, युनी हक्की लगायतका खेलमा प्रतिष्पर्धा हुनेछ ।

‘राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरणको लागि खेलकुद’ भन्ने नाराका साथ हुने खेलकुद महोत्सवमा विगतका संस्करण भन्दा खेल संख्या र पुरस्कार राशीमा वृद्धि गरिएको छ । वन विज्ञान अध्ययन संस्थान पोखराको खेल मैदानका साथै वडा स्थित विभिन्न संघसंस्थाका खेलकुद स्थलमा प्रतियोगिता सञ्चालन हुनेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds