पोखरा वडा नं. १५ कार्यालयले यही माघ २ गते, बुधबारदेखि आयोजना गर्ने बृहत खेलकुद महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।
महोत्सव संयोजक तथा वडा सदस्य आशिष भण्डारीका अनुसार महोत्सवमा हुने प्रयोगिताका सबै खेलहरूको खेलतालिका सावर्जनिक गरिउको छ । कुन खेल कुन स्थानमा, कति बजेदेखि र कुन कुन टोलीबीच प्रतिष्पर्धा हुने ? २ दिन अघि नै सार्वजनिक गरिएको हो ।
अघिल्ला दुई महोत्सवभन्दा थप परिस्कृत र भव्य रूपमा सम्पन्न गर्ने गरी तयारी गरिएको वडा अध्यक्ष तोरणबहादुर बानियाँले जानकारी दिएका छन् ।
हेर्नुहोस् खेलतालिका:
फुटबल

स्कुल फुटबल

भलिबल


युनी हक्की


रस्साकस्सी 
ब्याडमिन्टन


अन्य खेलहरूः 
वडाध्यक्ष बानियाँले वड़ा खेलकुद महोत्सवको अवधारणा अनुरुप स्थानीय तहमा खेलकुदको माध्यमवाट समुदायको सर्वांङ्गिण विकास गर्न केन्द्रित रही महोत्सवलाई निरन्तरता दिइएको बताए । उनले यस्ता गरिमाामय संघसंस्थाको सहयोगबाट वडा उत्साहित बनेको र आफूहरुको अभियानलाई अघि बढाउन मद्धत पुग्ने बताए ।
वडा कार्यालयले आयोजना गरेको खेलकुद महोत्सवको यो तेस्रो संस्करण हो । माघ ६ गतेसम्म पाँच दिन चल्ने प्रतियोगितामा फुटबल, भलिबल, ब्याडमिन्टन, ह्वीलचेयर क्रिकेट, रस्साकसी, दौड, साइक्लिङ, युनी हक्की लगायतका खेलमा प्रतिष्पर्धा हुनेछ ।
‘राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरणको लागि खेलकुद’ भन्ने नाराका साथ हुने खेलकुद महोत्सवमा विगतका संस्करण भन्दा खेल संख्या र पुरस्कार राशीमा वृद्धि गरिएको छ । वन विज्ञान अध्ययन संस्थान पोखराको खेल मैदानका साथै वडा स्थित विभिन्न संघसंस्थाका खेलकुद स्थलमा प्रतियोगिता सञ्चालन हुनेछ ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन