पोखरा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) गण्डकीका अध्यक्ष डा. रामजी शर्मालाई मातृशोक परेको छ ।
उनकी ममतामयी माता पार्वती शर्माको ९२ वर्षको उमेरमा गएराति निधन भएको हो ।
प्रेसरको समस्या बढेपछि आठ दिन मणिपाल शिक्षण अस्पतालमा उपचार पश्चात् घर फर्किएकी उनको घरमै गएराति १०ः४५ बजे निधन भएको हो ।
उनका पति शुकदेव शर्माको यसअघि नै निधन भइसकेको छ । उनका तीन छोरा महदत्त शर्मा, इन्जिनियर ओम शर्मा र डा. रामजी शर्माका साथै एक छोरी सीता देवकोटा छन् । उनका १० नातिनातिना छन् ।
जेठा छोरा महदत्त वरिष्ठ कृषि इन्जिनियरबाट अवकाश प्राप्त हुन् । माइला छोरा ओम पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका पूर्व इञ्चार्ज हुन् भने भैरहवा विमानस्थलका प्राविधिक इञ्चार्ज हुन् ।
कान्छा छोरा डा. रामजी पोखराको न्यू ग्यालेक्सी स्कुलका प्राचार्यसमेत हुन् ।
स्व. पार्वती समाजकी अग्रणी तथा सकारात्मक सोचकी धनी थिइन् ।
उनको आज ११ बजे पोखरास्थित सेतीनदी घाटमा अन्त्येष्टि गरिने बताइएको छ ।
यसैबीच हिसान गण्डकीले अध्यक्ष शर्माकी माता पार्वती शर्माको निधनप्रति दुःख व्यक्त गरेको छ ।
संस्थाका सचिव डिल्लीराम अधिकारीले एक शोक सन्देश जारी गर्दै पार्वतीको निधनले हिसान परिवार भावविह्वल, स्तव्ध र मर्माहत भएको उल्लेख गरे । उनले शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरे ।
यता, न्यू ग्यालेक्सी स्कुलले पनि प्राचार्य शर्माका ममतामयी माता पार्वतीको निधनप्रति दुःख व्यक्त गर्दै सबै परिवारजनमा समवेदना व्यक्त गरेको छ ।
सम्बन्धित खबर
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
समिप वैरागीको कविता कृति ‘साहीमासा’ माथि परिचर्चा
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
निजी क्षेत्रसँग सहकार्य बढाउँदै पर्यटन प्रवर्द्धन: बोर्ड सदस्य पोखरेल
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन