पोखरा । ज्येष्ठ नागरिक सरोकार समाज नेपालले पोखरा–५, धारापानी निवासी १०५ वर्षे रामबहादुर खत्री क्षत्रीलाई सम्मान गरेको छ ।
समाजले क्षत्री जिउँदो इतिहास (जीवितपितृ) भएको ठहर गर्दै सम्मानपत्र, दोसल्ला, रुद्राक्षको माला र फलफूल प्रदान गरी सम्मान गरेको हो ।
समाजका अध्यक्ष भक्तराज श्रेष्ठले शताब्दी पार गरेका बुबालाई भेट्न पाउँदा खुसी लागेको जनाउँदै अनुज पुस्ताले उनीबाट आशीर्वाद लिनुपर्ने बताए । श्रेष्ठले परोपकारका कार्य गरे मोक्ष प्राप्ति हुने भनाइ राख्दै सहयोग गर्दा सुखानुभूति मिल्ने औंल्याए । धारापानी क्षेत्रमा अब धार्मिक स्थल निर्माण गर्नुपर्ने जनाउँदै अध्यक्ष श्रेष्ठले त्यसतर्फ आफू पनि लागि परेको भनाइ राखे ।
समाजका उपाध्यक्ष केशव ढकालले क्षत्रीको सुस्वास्थ्य एवं दीर्घजीवनको कामना गर्दै ज्येष्ठ नागरिक अनुभवका खानी भएको स्पष्ट पारे । उनले बुबाको सेवामा खट्ने केसी परिवारलाई धन्यवादसमेत दिए ।
छोरा ठाकुरजंगले बुबालाई सम्मान गरेकोमा समाजप्रति आभार प्रकट गर्दै सम्मान गर्ने संस्कृति आफैँमा महत्वपूर्ण भएको औंल्याए । त्यस अवसरमा धारापानी क्षेत्रमा क्रियाशील विभिन्न टोल विकास संस्था, आमा समूह, ज्येष्ठ नागरिक लगायतको उपस्थिति थियो ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
न्याशनल इन्भेन्टिभ स्कुलमा अनिमेषको नेतृत्वमा अंग्रेजी स्क्र्याबल क्लब गठन
तामझामपूर्ण तरिकाले शुरु भयो २७ औं पोखरा सडक महोत्सव
राष्ट्रिय लिगमा सहभागी हुने पोखराको लालीगुराँस एसोसिएसन क्लबद्वारा सहयोग आह्वान
युआरएलको सहयोगमा शिवालय र नदीपुरमा शिविर
मणिपाल अस्पताललाई पोखराको उत्कृष्ट करदाता सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ