पोखरा । वन विज्ञान अध्ययन संस्थानको केन्द्रीय क्याम्पसको प्रमुखमा सहप्राध्यापक डा. नारायणप्रसाद गौतम नियुक्त भएका छन् । त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदको हालैको निर्णयअनुसार सहप्राध्यापक डाक्टर गौतमलाई क्याम्पस प्रमुखको जिम्मेवारी प्रदान गरिएको हो ।
आइएस्सीबाट विद्यावारिधिसम्मै वनविज्ञान विषयमा अध्ययन गरेका उनले चीनबाट विद्यावारिधि अध्ययन पूरा गरेका हुन् ।
क्याम्पसबाट उत्कृष्ट शिक्षकबाट सम्मानित, त्रिभुवन विश्वविद्यालयबाट उत्कृष्ट शिक्षक सम्मानित हुँदै राष्ट्रिय शिक्षा पुरस्कार २०८१ प्राप्त गरेका २ कार्यकाल सहायक क्याम्पस प्रमुख, विभागीय प्रमुख र विषय समिति अध्यक्ष भइसकेका गौतम बारा सिमराका स्थायी बासिन्दा हुन् ।
गौतमका वन वातावरण वन्यजन्तु व्यवस्थापन जलवायु परिवर्तन र सामुदायिक वन को क्षेत्रमा दर्जनौँ अनुसन्धानमूलक लेख रचनाहरू प्रकाशित भएका छन् ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत वन विज्ञान अध्ययन संस्थानको केन्द्रीय क्याम्पस, पोखराले विगत ५० वर्षदेखि वन, वातावरण, जैविक विविधता, जलवायु परिवर्तन, जलाधार व्यवस्थापन, र वन्यजन्तु अध्ययनको क्षेत्रमा शैक्षिक तथा अनुसन्धानात्मक योगदान प्रदान गर्दै आएको छ । त्रिविका ६४ वटा आंगिक क्याम्पस सञ्चालनमा छन् ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
न्याशनल इन्भेन्टिभ स्कुलमा अनिमेषको नेतृत्वमा अंग्रेजी स्क्र्याबल क्लब गठन
तामझामपूर्ण तरिकाले शुरु भयो २७ औं पोखरा सडक महोत्सव
राष्ट्रिय लिगमा सहभागी हुने पोखराको लालीगुराँस एसोसिएसन क्लबद्वारा सहयोग आह्वान
युआरएलको सहयोगमा शिवालय र नदीपुरमा शिविर
मणिपाल अस्पताललाई पोखराको उत्कृष्ट करदाता सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो