अर्जुनचौपारी गाउँपालिकाभित्रका स्वास्थ्यकर्मीहरुलाई एचपिभी खोपसम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको छ । बिहिबार गाउँपालिकाको स्वास्थ्य शाखाले पालिकाभित्रका खोप दिने स्वास्थ्यकर्मीहरुलाई एचपिभी खोपसम्बन्धी अभिमुखिकरण कार्यक्रम गरेको हो ।
यहि माघ २२ देखि २५ गतेसम्म पालिकामा सञ्चालन हुने खोप अभियानमा यहाँका १० वर्षदेखि १४ वर्ष उमेरसम्मका किशोरीहरुलाई खोप लगाइने स्वास्थ्य शाखा प्रमुख इन्द्रबहादुर नेपालीले जानकारी दिए । कक्षा – ६ देखि १० सम्मका छात्राहरु साथै लक्षित उमेर समूहमा रहेका विद्यालय नजाने किशोरीहरु गरी अर्जुनचौपारी गाउँपालिकामा चार सय ३७ जनालाई खोप लगाइने प्रमुख नेपालीले बताए ।
महिलाहरुको पाठेघरको मुखको क्यान्सर रोकथाम तथा नियन्त्रणका लागि पालिकाका ९ वटा खोप केन्द्रबाट स्वास्थ्यकर्मी तथा स्वयंसेवकको सहयोगमा एचपिभी खोप लगाइने उनले बताए ।
अहिले यहाँका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालयमा पुगेर माघको २२, २३, २४ र २५ गते खोप दिइने र लक्षित उमेर समूहमा रहेका विद्यालय नजाने किशोरीहरुलाई परिचय खुल्ने कागजपत्रसहित पायक पर्ने विद्यालयमा र अन्त्यमा यहाँका ६ वटै स्वास्थ्य संस्थामा खोप लगाउने व्यवस्था गरिएको स्वास्थ्य शाखा प्रमुख नेपालीको भनाइ छ ।
जिल्लाका ११ वटै स्थानीय तहले समेत आफ्ना स्वास्थ्यकर्मी, स्वयंसेवक तथा खोप कार्यकर्तालाई खोपसम्बन्धी अभिमुखिकरण गर्दै आएका छन् । यद्यपि, यसअघि प्रदेश जनस्वास्थ्य कार्यालय पुतलीबजार स्याङ्जाले विभिन्न ग्रुपमा विभाजन गरी सरोकारवालाहरुलाई जिल्ला स्तरीय अभिमुखिकरण कार्यक्रम गरिसकेको छ ।
सम्बन्धित खबर
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
दरौंखोला र गड्यौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’