पोखरा । अटोमोबाइल क्षेत्रमा लामो समयदेखि सक्रिय बराल ग्रुप पोखराले ‘पोखरा एक्स्चेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभल’ आयोजना गरेको छ ।
बृहत अटोमोबाइल प्रदर्शनी माघ ५ गते शनिबारदेखि देखि ७ गते सोमबारसम्म पोखरा इभेन्ट सेन्टर, बुलौदी, लेकसाइडमा आयोजना हुँदैछ ।
निसान, ओमोडा एन्ड जेइको र जिकर ब्रान्डको लागि अधिकृत डिलर ‘एलिट मोटर्स प्रा.लि.’, तथा लिपमोटर र सिट्रन ब्रान्डका लागि अधिकृत डिलर ‘एस.एस.एल मोटर्स कम्पनी’द्वारा आयोजना हुने तीन दिने कार्यक्रममा सहभागीहरूले विभिन्न सवारी साधनहरूको अवलोकन र टेस्ट–ड्राइभ गर्न सक्नेछन् । साथै आकर्षक छुट तथा डिस्काउन्टको अवसर प्राप्त गर्नेछन् ।
नेपाली अटोमोबाइल बजारका प्रख्यात र अग्रणी नामहरूः शारडा ग्रुप र गोल्छा अर्गाइजेसनको सहकार्यमा कार्निभल आयोजना गरिएको हो ।
ओमोडा, जेइको, जिकर (इभि सेग्मेन्ट) र निसान म्याग्नाइट (पेट्रोल संस्करण) का पछिल्ला मोडलहरू यो समूहले नेपाली बजारमा बिक्री वितरण गरिरहेको छ । गोल्छा अर्गनाइजेसनले लिपमोटर र सिट्रन इ–सि–३ जस्ता अत्याधुनिक विद्युतीय सवारी साधनहरू प्रदर्शन गरिरहेको छ ।
कार्यक्रममा सहभागीहरूले यी सवारी साधनहरूको टेस्ट–ड्राइभ गर्ने, आफ्नो पुरानो तथा हालको गाडी एक्स्चेन्ज गर्दा आकर्षक एक्स्चेन्ज बोनसको फाइदा उठाउने र प्रतिस्पर्धात्मक बैंक ब्याजदरमा ८०% सम्मको फाइनान्सिङ सहित ठाउँको ठाउँ वित्तीय सहजीकरण सुविधा प्राप्त गर्न सक्ने व्यवस्था छ ।
साथै, यस कार्निभलले सहभागीहरूलाई प्रख्यात गाडीका ब्रान्डहरूको नवीनतम मोडेलहरूको उत्साहजनक टेस्ट–ड्राइभका साथै र बजारको उत्कृष्ट प्रतिस्पर्धात्मक एक्सचेन्ज अफरहरूको लाभ लिन एक महत्वपूर्ण अवसर प्रदान गर्दछ ।
विभिन्न आधुनिक गाडीहरूको प्रदर्शन र टेस्ट–ड्राइभबाहेक, कार्निभलले अन्य आकर्षक र लाभदायी विशेषताहरू पनि प्रदान गर्नेछ ।
सहभागीहरूले कार्निभल अवधिभर विशेष छुट, अफर तथा बजारमै प्रतिस्पर्धात्मक डिलको लाभ लिन सक्नेछन् । हरेक गाडीको खरिदमा निःशुल्क एक्सेसरिजको सुविधा र कम्प्लिमेन्टरि ‘अटो प्लस इन्सुरेन्स’ पनि समावेश छ। साथै, विद्युतीय सवारी साधन खरिद गर्नेहरूलाई घरमा नै सहज चार्जिङका लागि निःशुल्क ७ किलोवाटको वाल चार्जर प्रदान गरिनेछ ।
पोखरा एक्स्चेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभलमा नयाँ गाडी खरिद गर्न चाहने, तथा गाडी तथा इभि पारखीहरूलाई कार्निभलमा कम्पनीले आमन्त्रण गरेको छ ।
पोखरा तथा आसपासका ग्राहकले माघ ५ देखि ७ सम्म आयोजित कार्निभलमा सहभागी भई अत्याधुनिक सवारी साधनहरूको प्रत्यक्ष अनुभव गर्न र आकर्षक डिस्काउन्ट तथा अफरहरूको लाभ उठाउन सक्नेछन् ।
सम्बन्धित खबर
जेनेक्समा बिहीबार गेमिङ प्रतियोगिता
लेकसाइडमा भेटिएको शंकास्पद झोलामा भेटेरिनरीको सामान
घरदैलोमा काँग्रेस कार्यकर्ताको उत्साहजनक सहभागिता
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) का विद्यार्थी दीक्षित
पोखरामा रक्सी पिएर स्कुल बस चलाउने ५ चालक प्रहरी नियन्त्रणमा
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’