स्याङ्जामा टु – इन्च मोर्टार सेल (बम) फेला परेको छ । पुतलीबजार नगरपालिका – १४ लामागे फाँटको खेतमा उक्त बम फेला परेको हो ।
स्थानीय विष्णुप्रसाद पौडेलले आफ्नो खेत जेसीबीले सम्याउने क्रममा खेतको सतहबाट १ हात तल तार जडित फलामको बोत्तल जस्तो देखिने शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
बिहान शंकास्पद वस्तु फेला परेपछि प्रहरी निरीक्षक प्रवेश तिवारीको नेतृत्वमा शंकास्पद वस्तु र शंकास्पद एरियाको कर्डन टेपद्वारा कर्डन र सुरक्षा दिने काम गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी हरिप्रसाद पौडेलले जानकारी दिए ।
उक्त वस्तु डिस्पोजका लागि नेपाली सेनालाई आग्रह गरिएको डिएसपी पौडेलले बताए । नेपाली सेनाको सिंह शार्दूल गुल्म आँधीखोला ब्यारेकबाट क्याप्टेन कल्याण थापाको टोलीले उक्त वस्तु टु – इन्च मोर्टार सेल (बम) भएको पुष्टि गरेको छ ।
पोखरा पृतनाबाट बम डिस्पोजल टोलि (नेपाली सेना) आएपछि बम निष्क्रिय गरिने प्रहरी नायब उपरीक्षक पौडेलले जानकारी दिए । बम डिस्पोजल टोलि घटनास्थल नआउँदासम्म नेपाली प्रहरीले र आँधीखोला ब्यारेक स्याङ्जाले सुरक्षा दिएर राख्नेछ ।
द्वन्द्वकालमा माओवादीले २०५८ साल मंसिर ८ गते स्याङ्जा आक्रमण गरेको थियो । त्यसै बेलामा उक्त बम छुटेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा