१९औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता आगामी फागुन ३ गते हुने भएको छ।
यो संस्करणमा २१ किमिको पुरूष म्याराथन थपिएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले बताए। विसं २०५८ मा स्थापित उक्त संस्थाले वर्सेनि अन्तराष्ट्रियस्तरको म्याराथन प्रतियोगिता गर्दै आएको छ।
आयोजक भूतपूर्व खेलाडी मञ्चले २३ वटा उपसमिति नेपालमा र ६ वटा अन्तर्राष्ट्रिय समिति बनाएर तयारी अघि बढाइरहेको जनाएको छ ।
‘स्वास्थ्यका लागि, पोखराका लागि’ आदर्श वाक्यसहित हुँदै आएको उक्त प्रतियोगिता अन्तर्गत स्वदेशी तथा विदेशी धावकले नयाँ रुटमा दौडिँदै म्याराथन पूरा गर्नेछन्। सुरुवात पोखरा रङ्गशालाबाट हुनेछ र समापन भने पोखरा–६ हल्लनचोकमा हुनेछ।
यसपालि म्याराथनलाई विशेष बनाउनका लागि मुख्य म्याराथनका विधाहरुका सहभागीहरूलाई चिप्सको प्रयोग गरिने भएको छ । जसले धावकको दौड समय सटिक तरिकाले मापन गर्दछ ।
साथै, यस प्रतियोगितामा रन फर फन नामक श्रेणी पनि समावेश गरिएको छ, जसले सहभागीतालाई प्रोत्साहन गर्दै स्वस्थ जीवनशैलीको सन्देश प्रवाह गर्ने उद्देश्य राखेको छ। रन फर फन मा सबै उमेर समूहका सहभागीहरूले आफ्नो क्षमता अनुसार रमाइलो र उत्साहपूर्वक दौडिन सक्नेछन्।
यस सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई अझ व्यापक बनाउन पोखराकै प्रतिष्ठित औद्योगिक प्रतिष्ठान सुजल डेरी प्रा.लि. को सफल दूधको मुख्य प्रायोजन रहेको छ । साथै, शारीरिक तन्दुरुस्ती र पौस्टिकतासंग सम्बन्ध राख्ने सफल दूधले पोखराबासीको स्वास्थ्य र खेलको सम्बन्धलाई अझ प्रगाढ बनाउने कुरामा कम्पनी विश्वस्त छ । बिगत एक दशकदेखि लगातार प्रायोजन गर्दै आइरहेको सफल दूधले उपभोक्ताको स्वास्थ्य प्रतिको विश्वासलाई कायम गर्नको साथै पोखराबासीको मन जित्न सफल यस्तो कार्यक्रम आयोजना गरेकोमा गौरवान्वित महसुस गरेको छ ।
सम्पूर्ण पोखराबासीहरूलाई फाल्गुन ३ गते हुन गइरहेको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा सहभागी भई “स्वास्थ्यको लागि, पोखराको लागि” दौडिन कम्पनीले आह्वान गरेको छ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै
पोखरा स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस अवार्डमा को-को परे ?
पोखरा रात्रिकालीन सडक दौडको तयारी अन्तिम चरणमा
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह