पोखराका पत्रकार हरि पन्त सम्मानित भएका छन् । धादिङ त्रिपुरा बाराही महिला समूहले आठौँ साधारणसभा तथा चौंथो अधिवेशनको अवसरमा पोखरा ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराई र समूहकी अध्यक्ष बबिता मल्लले उनलाई १५ हजार पाँच सय ५५ रुपैयाँ नगद, सम्मानपत्र र दोसल्लाले सम्मान गरेका हुन् ।
२०६३ देखि पोखराको पत्रकारितामा निरन्तर क्रियाशील पन्तले पत्रकारिता माध्यमबाट संस्थाका गतिविधि प्रचारप्रसारमा महत्वपूर्ण योगदान दिएकोमा सम्मान गरिएको सचिव रचना अधिकारीले जानकारी दिइन् । पत्रकार पन्त धादिङ पत्रकार समाज, पोखराका सचिव तथा पत्रकार महासंघ कास्कीका पूर्व कार्यसमिति सदस्य पनि हुन् ।
सोही अवसरमा धादिङ–पोखरा सम्पर्क समाजका अध्यक्ष सरस्वती श्रेष्ठ सरु, समूहका सल्लाहकार अम्विका थपलिया र कोषाध्यक्ष जुना श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रम उद्घाटन गर्दै वडाध्यक्ष भट्टराईले महिलाले आफ्ना घरका काम सकेर सामाजिक क्षेत्रमा पनि क्रियाशील हुनु सुखद् भएको बताए । धादिङ त्रिपुरा बाराही महिला समूह वडाकै उत्कृष्ट समूह भएको भन्दै समूहका गतिविधिमा आफ्नो र वडाको साथ रहने प्रतिवद्धता जनाए ।
धादिङ–पोखरा सम्पर्क समाजका अध्यक्ष श्रेष्ठले समाज र समूहबीच सहकार्य गरेर अघि बढ्न सकिने बताइन् । सम्मानित पत्रकार पन्तले सम्मानले पत्रकारिता क्षेत्रमा अझै सक्रिय हुन ऊर्जा मिलेको बताए ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्र बैदामका अध्यक्ष नेत्रलाल भण्डारी, खहरे आमा समूहकी अध्यक्ष शान्ति पहारीलगायत बोलेका थिए ।
समूहकी अध्यक्ष मल्लको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत समूहकी वरिष्ठ उपाध्यक्ष लक्ष्मीमाया थापा र सञ्चालन सचिव रचना अधिकारीले गरेकी थिइन् ।
साधारणसभाले सचिव अधिकारी र कोषाध्यक्ष जुुना श्रेष्ठले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो ।
यसैबीच, अधिवेशनले लक्ष्मीमाया थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समूहको वरिष्ठ उपाध्यक्षमा वृन्दा धरेल, उपाध्यक्षमा रचना अधिकारी, सचिवमा जुना श्रेष्ठ, सहसचिवमा शान्ता धरेल, कोषाध्यक्षमा रेञ्जु थापा र सहकोषाध्यक्षमा सविता धरेल छन् ।
सदस्यमा कमला श्रेष्ठ, लक्ष्मीमाया अधिकारी राना, नानीमाया अधिकारी, अस्मिता लम्साल, संगीता खतिवडा, सावित्री बराइली छन् । कृष्णकुमार श्रेष्ठ संयोजक, कृष्णबहादुर लम्साल सदस्य र हरि पन्त सदस्य सचिव रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयन गरेको हो।
सम्बन्धित खबर
जेसिज सप्ताह वैशाख १८ देखि २० गतेसम्म
वडा सदस्य भण्डारीको जन्मदिनमा रक्तदान, १५१ युनिट संकलन
शान्ति निकेतनमा पूर्व आधारभूत तहका विद्यार्थी दीक्षित
प्रतिभा माविका कक्षा १२ का विद्यार्थीको बिदाई
जेनेक्समा बिहीबार गेमिङ प्रतियोगिता
लेकसाइडमा भेटिएको शंकास्पद झोलामा भेटेरिनरीको सामान
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’