तनहूँको शुक्लागण्डकी–११, गामी छाक्रामा ‘गामी छाक्रा कप’ को १० औं संस्करण यही माघ १८ गतेदेखि २३ गतेसम्म सुरू हुँदैछ।
“विकास, अनुशासन, गतिशीलता, युवाहरूको सक्रियता, आजको आवश्यकता” मूल नाराका साथ हुने प्रतियोगितामा साविक वडास्तरीय पुरुष तथा वडा स्तरीय महिला भलिबल प्रतियोगिता तथा विभिन्न सांस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ।
पुरुषतर्फ पहिलो स्थान प्राप्त गर्ने टोलीले नगद ४५ हजार, शिल्ड र मेडल प्राप्त गर्नेछ। दोस्रो स्थान प्राप्त गर्ने टोलीले नगद ३० हजार, शिल्ड र मेडल तथा तेस्रो हुने टोलीले नगद १५ हजार, शिल्ड र मेडल जित्नेछ।
महिलातर्फ पहिलो स्थानको पुरस्कार नगद २० हजार, शिल्ड र मेडल रहेको छ। दोस्रो स्थानमा रहनेले १२ हजार, शिल्ड र मेडल तथा तेस्रो स्थानले ८ हजार, शिल्ड र मेडल प्राप्त गर्ने क्लबका अध्यक्ष ज्ञाम बहादुर परियारले जानकारी िदए ।
पुरुषतर्फ प्रतियोगितामा सहभागिताका लागि चार हजार र महिलातर्फ एक हजार मात्र टीम दर्ता शुल्क तोकिएको छ।
प्रतियोगितामा प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विशेष “बेस्ट प्लेयर अवार्ड” प्रदान गरिने क्लबका सचिव शिखर कार्कीले जानकारी दिए ।

गामी छाक्रा युवा क्लबका युवाहरूको सक्रिय सहभागिता र स्थानीय तहको समर्थनले प्रतियोगिता निरन्तर सञ्चालन हुन सफल भएको छ। यस प्रतियोगिताले स्थानीय खेलाडीहरूको प्रतिभा उजागर गर्न र उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अघि बढ्न प्रेरणा दिने आयोजकको विश्वास छ ।
प्रतियोगिता आगामी पाँच दिनसम्म चल्नेछ। खेलप्रेमीहरूको उत्साहजनक उपस्थिति र रोमाञ्चक खेल प्रदर्शनले प्रतियोगितालाई थप रौनक दिने अपेक्षा गरिएको छ।
गामी छाक्रा युवा क्लबले आयोजना गरेको यस कार्यक्रमको सहआयोजक गामी छाक्रा टोल विकास संस्था, गामी छाँक्रा आमा समूह र जनजागृति युवा क्लब रहेको छ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला