पोखरा । पुम्दीकोट जाने बाटो एकतर्फी बनाउने निर्णय भए पनि त्यो तत्काल कार्यान्वयन नहुने भएको छ ।
पर्यटकको चाप बढ्दै गएकाले व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले एकतर्फी बनाउने निर्णय गरिएकोमा त्यहाँका २ टोल विकास संस्थाले समन्वय विना निर्णय गरिएको भन्दै असन्तुष्टि जनाएपछि तत्काल कार्यान्वयन नहुने भएको हो ।
जिल्ला ट्राफिक कार्यालय कास्की र पोखरा महानगरपालिका वडा नम्बर २२ सँगको समन्वयमा बुधबार पुम्दीकोट जाने बाटो एकतर्फी बनाउने निर्णय गरिएको थियो । शुक्रबार वडा कार्यालयले जनगुनासोलाई सम्बोधन गर्दै तत्काल उक्त निर्णय लागू नगर्न अनुरोध गरेको हो ।
कोदी शान्ति टोल विकास संस्था र कालिमाटी शान्ति स्तूप टोल विकास संस्थाले असन्तुष्टि जनाएपछि वडा पछि हटेको हो ।
जिल्ला ट्राफिक कार्यालय कास्कीकी प्रहरी निरीक्षक शोभा पाण्डेका अनुसार पुम्दीकोट जाने बेलामा छोरेपाटनदेखि शान्ति स्तूप हुँदै जाने बाटो जाने र फर्कँदा कालिमाटीको बाटो फर्कनुपर्ने रुट थियो ।
बाइक, स्कुटर त्यही बाटो फर्कन सक्ने र चार पांग्रे साधन कालिमाटीको बाटो हुँदै फर्कनुपर्ने व्यवस्था गरिएको थियो ।
सम्बन्धित खबर
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’
प्रतिभा माविमा बिजनेस प्लानसम्बन्धी प्रस्तुती
पोखरा जेसीजको अध्यक्षमा सुमन पहारी विजयी
न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
पोखरामा मधुमेह दिवस मनाइयो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’