पोखरा । पुम्दीकोट जाने बाटो एकतर्फी बनाउने निर्णय भए पनि त्यो तत्काल कार्यान्वयन नहुने भएको छ ।
पर्यटकको चाप बढ्दै गएकाले व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले एकतर्फी बनाउने निर्णय गरिएकोमा त्यहाँका २ टोल विकास संस्थाले समन्वय विना निर्णय गरिएको भन्दै असन्तुष्टि जनाएपछि तत्काल कार्यान्वयन नहुने भएको हो ।
जिल्ला ट्राफिक कार्यालय कास्की र पोखरा महानगरपालिका वडा नम्बर २२ सँगको समन्वयमा बुधबार पुम्दीकोट जाने बाटो एकतर्फी बनाउने निर्णय गरिएको थियो । शुक्रबार वडा कार्यालयले जनगुनासोलाई सम्बोधन गर्दै तत्काल उक्त निर्णय लागू नगर्न अनुरोध गरेको हो ।
कोदी शान्ति टोल विकास संस्था र कालिमाटी शान्ति स्तूप टोल विकास संस्थाले असन्तुष्टि जनाएपछि वडा पछि हटेको हो ।
जिल्ला ट्राफिक कार्यालय कास्कीकी प्रहरी निरीक्षक शोभा पाण्डेका अनुसार पुम्दीकोट जाने बेलामा छोरेपाटनदेखि शान्ति स्तूप हुँदै जाने बाटो जाने र फर्कँदा कालिमाटीको बाटो फर्कनुपर्ने रुट थियो ।
बाइक, स्कुटर त्यही बाटो फर्कन सक्ने र चार पांग्रे साधन कालिमाटीको बाटो हुँदै फर्कनुपर्ने व्यवस्था गरिएको थियो ।
सम्बन्धित खबर
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
पोखरामा मोटरसाइकलको ठक्करबाट स्कूटरमा सवार १७ वर्षीय सिर्जनको निधन
रास्वपा पोखरा महानगर सभापतिमा योगेन्द्र केसी सर्वसम्मत चयन
शिशुवामा युआरएलको शिविर, ६ सय १ जनाको सित्तैमा जाँच
पिसिएम कप प्लस टु फुटसलको उपाधि तालपारी टीमले जित्यो
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु